coca-cola
More by coca-cola
What people are reading
Subscribers
Please log in to subscribe to coca-cola's postings.
:: Subscribe
|
yo k huna lagyo nepal ma ???
|
[VIEWED 4758
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
coca-cola
Please log in to subscribe to coca-cola's postings.
Posted on 12-21-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक नेपाल नरहने चेतावनी
नेपाल समाचारपत्र (काठमाडौं) तर्राई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष्ँ महन्थ ठाकुरले एक मधेस एक प्रदेश नभए एक नेपाल पनि नरहने चेतावनी दिनुभएको छ।
राजधानीमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ठाकुरले एक मधेस एक प्रदेश नेपालको आवश्यकता भएको दाबी गर्नुभयो।
अध्यक्ष्ँ ठाकुरले भन्नुभयो- ँहामीलाई विखण्डनकारीको आरोप लाग्ने गरेको छ। लगाउनेले लगाउँदै गरून् तर हामी एक मधेस एक प्रदेश छोड्नेवाला छैनौं।’
सो कार्यक्रममा प्रमुख अतिथि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति गरेर जानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै कुनै पार्टी यो नभई हुँदैन भन्ने भन्दा पनि राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी कायम गरी जनताको ऐतिहासिक संविधान निर्माण गर्नुपर्ने प्रमुख आवश्यकता भएको औंल्याउनुभयो।
अध्यक्ष नेम्वाङले दलहरूबीच सहमति हुने र संविधान पनि निर्धारित समयमै बन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो।
नेपाली कांग्रेसका नेता एवम् पूवप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीले आफना सेना नेपाली सेनामा समायोजन गर्ने कुरा गर्नु अहिलेसम्म भएका सहमति र सम्झौताविपरीत हो भन्दै सेनामा होइन, सुरक्ष्ँानिकायमा समायोजन गर्ने सहमति भएको कुरालाई माओवादीले गलत व्याख्या गरेर राष्ट्रिय सेनालाई माओवादी सेना बनाउन खोजेको आरोप लगाउनुभयो।
नेकपा -एमाले) का नेता केपी शर्मा ओलीले सहमति र सहकार्यको संस्कृति भत्काउने काम माओवादीले नै गरेको आरोप लगाउँदै संविधान समयमा नबनाउन माओवादी उद्यत छ भन्ने कुरा उसका व्यवहारहरूले देखाइरहेको आरोप लगाउनुभयो।
उहाँले माओवादीले व्रि्रोही कि सत्ताधारी दल हो भन्ने छुट्टयाउन उसका अराजक क्रियाकलापले गर्दा नसकिने अवस्था रहेको बताउनुभयो।
नेकपा (माओवादी) का नेता सीपी गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सत्तामा बस्न नपाएकोमा डाह र छटपटी भएको आरोप लगाउँदै त्यसैले सो पार्टीुनसुकै विषयमा बखेडा गर्ने र संसद् चल्न नदिने कार्यमा लागेको बताउनुभयो।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| 2020 : Why No Trump ! |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|