[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बि तीन -------- दीप

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 12038 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-27-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बि तीन -------- दीप

(शुक्रबारै त हो --- बसी बसाउ गरम न-- कसो?)

--तिनटा मौरी भन्या हैन नी बी ३ भनेर --बी ३ भन्या के रे? --

बि ३ --- बम्--बाङ्गे --- र बबाल

एक दिन निर्धक्क एउटा “बम” किनेर त्यो बमको टाउकाँ भा रातो के रे छ भन्दै कोट्याउदै आउदै थें बाङ्गे भाइचा गल्लि बाट फुत्त निस्कियो –

“के कोट्याइ रा त्यो बम?” मलाई हेर्दै सोध्यो।
“हैन के रे छ यो रातो भनेर ।।” मैले बताएँ।
“खै ले त यता हेरम् भनेर बम लिया मात्रै के थ्यो खत्तम गरी हाल्यो”
“ए ए ए बाङ्गे ---“ भन्दा भन्दै बमको टाउकोमा त यत्रो खाल्डो पार्दिसकेछ।

रिसले म आगो भएँ। झन् आफुलाइ भनेर किन्या बम् उस्ले पो पड्कायो---

दुइटा भुस्या कुक्कुर यत्तिकै छेउमा एक अर्का सङ्ग बाजेर मलाइ बोल्नै दिरा थेनन – बाङ्गेले बम पड्काको रीसमा एक लात बजाएसी -- बाङ्गेलाइ हैन कुक्कुरलाइ --- तिनेरले आफ्नो बिबाद त्याँ खटको पाङ्ग्रा राख्या पाटी तिर लगे। अनि म बाङ्गे माथि जाइ लाग्नै ला थेँ---

“ल ल भैगो – तँ लाइ किन्दिम्ला अर्को बम” भन्यो।

उ आर्थिक दृस्टिकोणले सबल नै थ्यो --- सजिलै किन्न सक्थ्यो बम--- आम्दानि साम्दानि त के हुन्थ्यो तेस्को – बाउको खल्ति, आमको दराज जस्ता ठाउँ उस्कै कार्य क्षेत्र भित्र पर्थे -- गाँठको बन्दोबस्त राम्रै गर्थ्यो---उस्को र हाम्रो गुजरा चलाकै थ्यो।

उस्ले रवाफ साथ् दसको नोट म तिर तेर्साउँदै भन्यो “ला – मलाइ फिर्ता पनि चाइँदैन”।

उस्ले "यस्तो कुईया---" भनेर अघि दार्या बम भुस्या कुक्कुर् तिर हुर्‍याको देख्या नदेखै गरी म चाँइ अस्टमानको घर अगाडी रोकि राख्या किस्न पाउरोटीको ढ्वाङाँ पुगेर भनेँ "खै त दाई, अर्को एउटा बम् देउ त" ।

बम किनेसि बाङ्गेलाइ अलि नियाल्दै सोधे “तेरो चिलाउने गयो अब?”
उस्ले घुर्यो मात्रै।

फाउको ट्याम थ्यो हालसालै--- म, बाङ्गे, छ्याक, सुपारी, ट्वाक, पुडके चाबेल् तिरा पुग्या थिम। "खोल खोल अर्को क्वाटर नी खोल – फाउमा नखोल्या कैले खोल्नि त?" भन्दै सीरी ट्वाँट का क्वाटर धोबि खोला भत्क्या पुल मुनि अघिनै खुल्दै रित्ति सक्याथे --- अहिले तिनै रित्तिसक्या सोमरस हाम्रो ज्यान्मा भरिदै थेँ। मजा आउदै थ्यो --- चुरोटको ध्वाँको मुस्लो कस्को नाकाँट निस्क्या ठुलो भन्ने मा चाबेल गणेस पछाडी चर्केको बिबाद बाह्य हस्तछेपले मात्रै स्थगित भा हो ---

हामी जो सुकैले नाकाट ठुलो मुस्लो निकाल्या भे नि तेस्को बाल मतलब नभा तर झ्यालै मुनि आएर चार् पाँच जना जँड्याहा ठीटा उत्पात मन्परी बोल्दै कैले नाकाट निस्क्या मुस्लोको कुरामा मच्चिनी कैले फेरी "ल छो त ल छो त चैं भन्नि तर छुन पनि नछुनी ल छो भन्न पनि नछोडनी" ताल् सङ्ग आजित भएर होला झ्यालाट एउटी दिदी कराईन ‘मर्न नसक्या असतिहरु – लौ न --- ए राजिवदाइ! --- इ मोराहरुलाइ भकुर्दिनु त ---“ राजिवदाइ आउनु अघि नै हामी बाटो लागि हालीम र अप्रिय घटना टर्या थ्यो त्याँ। अरुले नसुन्ने स्वरमै भए नी ट्वाक उस्को मुस्लो ठुलो चै भन्दै थ्यो।

त्यो चाबेल् बाट मित्र पारक तिर जाँदा ग्रिल स्रिल बनाउनी पसलहरु काटेसी अलि तल तिर लाग्दै हामी कालो पत्रे सडक् छोडेर झारे चौरको गोरेटो तिर बाट हुँदै जयबागेस्वोरि पछाडीकी एउटीको दर्शन पाइहालिन्छकि न भनेर छ्याकको जोडमा जादै थिम् – अर्को तिर बाटा दुई तिन जना केटीहरु र तिनका पछि पछि अरु तिन चार जना केटाहरु आउदै देखिए।

ति केटाहरु चै पछि लाग्न हुनी हामिले चै केइ गर्न नहुनी? भन्दै ह्वात्तै बाङ्गेले “होलि लाग्यो जय सम्भो” भन्दै एक् पोको अभिर एउटी केटीको टाउकोमा हाल्द्यो। अब भो की?

कसैले केइ बुझ्नु अघि नै हाहाकार भो --- पछि पछि आउने केटाहरु केटीहरुका नातेदार रे छन् --- जात्रा त गर्ने नै भए --- बाङ्गेलाई चाँइ केटीहरुले भैगो भैगो मामा भैगो भन्द भन्दै एउटाले छेउको सीस्नाँ झ्याङ्ग तिर हुर्य्याइद्यो ---- हामी पनि आतन्कित भइम तेतीबेला र आ आफ्ना ज्यान जोगाउन तिर लागीम।

पछी सीस्ना झ्याङ बाट निस्केसि त बाङ्ग्या जिउ भरी फोकै फोका – ढाल्दिन्छु एक एक लाइ नि भन्दै थ्यो उ – जिउ तिर हेर्दै "पोलेर मर्न लाएँ" नि भन्दै थ्यो। दुइ चार् दिन पछि "चिलायो" भन्दै खाक्सि ला जसरी ज्यान कन्याउथ्यो।

फेरी सोधें मैले उस्लाई “ गयो भन्या तेरो चिलाउने अब?”
 
Posted on 07-27-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......अरुले नसुन्ने स्वरमै भए नी ट्वाक उस्को मुस्लो ठुलो चै भन्दै थ्यो।......

हा हा ट्वाकको स्थिती सम्झेर बबाल हाँसो उठ्यो।
 
Posted on 07-27-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बि तीनले बिताउने भो पर्भू!! रक्छे गर पर्भु रक्छे गर!!
नमस्कार तक्राए दिप दाजुलाइ!
 
Posted on 07-30-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deepdai, kahi ta baaki bhag katha kaile aauchha ?
 
Posted on 07-30-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आश्चर्यचकितम्!

शुक्रबारेस्य तिन बि आवन्ती तर यो चौथो बि ले भर्खर पश्यन्ती!
अत्यन्त मनोरंजक भवती, अरु छिटो लेखति हतार भवन्ति के!
 
Posted on 07-30-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भन्या आश्चर्यचकितम्!
छिटो छिटो लेखितम् के दिप दाइ

 
Posted on 07-30-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laun mero ni chhutiraa rechha आश्चर्यचकितम्!
 
Posted on 07-30-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब राम्रो छ दिपजी!
 
Posted on 07-30-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्सम्! दिपेको "बाङ्याऽ" कथाहरुले चैं मलाई भुतुक्कै बनाउँछ। जवानी छँदा, "टिनएज" उमेराँ काठमाडौंको सडकहरुमा काम नपा'र भौंतारिंदै अल्लारिएको झल्झली सम्झना ल्याउँछ।

भाषा, शैली, घटनाक्रम, सबै उत्कृष्ट!

अरु त के भनम्, दीप प्रभो! कृपा गर्दै गरम्!
 
Posted on 07-30-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lasta ko 3-4 line le ta lastai hasayou!!
polera marnai laee !!! hahah

Nice piece Deep ji :D
 
Posted on 07-31-07 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana maijaro gare jasto laagchha heri b 3 kuroko ta maile ---

baaki chha ra kei bhanya?

hari om!
 
Posted on 07-31-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji,

Ati uutkristha! Yeso sochi lyauda, tapai ko saathi haru - बाङ्गे, छ्याक, सुपारी, ट्वाक, पुडके - ahiley kata chan, ke gari-raheka chan, bihey garera bhantang-bhuntung khelaudai chan, aadi-ityaadi jaanna man lagyo.
 
Posted on 07-31-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haasda haasda mare atti ramro lekhan shaili chha deepko ke bhanne aba.
 
Posted on 07-31-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैजारो गर्ने कुरा नगरम न प्रभु!
यो बाङ्गे महात्म्यलाई अझ तन्काम् सकेसम्म!

 
Posted on 07-31-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फेरी सोधें मैले उस्लाई “ गयो भन्या तेरो चिलाउने अब?”


Prabhu! chilai ra cha ki ajhhai!! sodham na .....

darshan garey!
 
Posted on 07-31-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बांगे: साहुजी चिलाउने औषधी छ?
साहु: किन प्रभु हजुरको अझै निको भएन?
बांगे: निको त हुन्छ के फेरी सिस्नोको झ्यांग र उसैलाई देख्योकी चिलाउन शुरु गर्च भन्या ( माफ पाम है दीपदा)

पढि सकेको अघी नै हो बांग्या चिलाउने जस्तो अझै हास्न रोकिया छैन:)
 
Posted on 07-31-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङे laai सिस्नो ले पोलेको निको भयो कि भएन था' नपाइ कथा सकियो रे ?
 
Posted on 07-31-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलाउने गयो त भन्दा "खै के गयो भन्ने के गएन भन्ने सिस्नो देख्ने त परै जाओस सिस्नो सुन्यो कि त तेइ सिस्ना काँडा जसरी जिउ भरी रौँ ठाड् ठाडा हुन्छन" भन्दै फेरी कन्याउन थाल्थ्यो बिचरा।

मैले प्रश्नमै बाङ्गेलाई रोकेर पाठ्कलाई अघि जाने बाटो छोडदेको थें। मिसको कुरा बाटैमा भाकोले तुर्याईदेको।

तितौरी र ठुली हाँस्या हेर्दा के लाग्यो भने तितौरीले दाँत बाँध्या (ब्रेसेज) रैन्छ अनि ठुलीले चै बाँध्या रे छ क्यारे।

भौते पर्भो, ट्वाक पनि तालको थ्यो के --- तेसै न्वारन गर्या हो र भन्या --

जग्गे --- बस्ने नी हैन त पर्भो जग्ग्याँ? निम्तो पाम है --

बिर्खे, सउँसरीत र म सङ्ग दशाँ पढने त्यो केटीको मन उस्तै पर्भो मलाई त --- बुझ्नै नसकिने।

गौतम,
स्वस्ती गरेँ मैले नी। राहुल र यसोधराको के छ हाल खबर?

पुन्टे ब्रो,
पुरानो नयाँ हुँदा त खर्राँट हुने है --- सप्पै त हैन तेइ नी --

पोली,
जदौ।

रितेन् ब्रो,

गाथमा आरामै?
भातेहरु पिस्सिदै छन क्यारे अचेल त।

प्रीट्टी,
अभिबादन।

जिरा दाई,
तेस्तो फोर् फोर कुरा नगरम न -- पाठक भडकिन्छन के --

बरु त्यो गणेश थानको पाटीका गफ पनि सुनाम न, प्रभो। बास्साको चिठ्ठा पर्या त सुनीयो अरु नी सुनम न --- लौ त --

जिरा दाइ के छ अचेल? पुराना भुरालाई बिर्सीदीनी भन्या? मरीचदाई नी खै त्यो इन्धन् सस्थान्को डीपो गा छन् के रे दाउरा लिन भुसे चुलीलाई --- कि हैन?

मिस,

कुरो त हरीप ल्याको हो ल -- त्यो बाङ्गेले अबिर हाल्या कतै --- भैगो होईन होला।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters