[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 156651 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-27-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताए!
 
Posted on 11-27-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल!
के छ? सबैले त तिम्लाईनै निशे भन्या छन् नि के हो? साँच्चै हो?
 
Posted on 11-27-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसै छु भन्नु परो गोताएँ, चाइन्जो खोकि नि अलि अलि मन्द हुँदै गा'छ झै मानिचु, अझै बाँच्ने छाँटकाँट छ।

क्यार्नु गोताएँ, बुडेसकालाँ सिपाईको तारो र आँखाको छारो दुबै आफैँ भइदोरैच। आफैँ भनुम न लु अब, म तो असत्ति निसे जस्तो देखिन्छु र? तेल्ले बोलेओ बुझे नि मरिजाम्।
लु हाम्राँ त पिशाच नाच्ने बेला भओ उइले नै म पसारिन गएँ।
हरिशरणम्!
 
Posted on 11-27-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊ
 
Posted on 11-27-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!

हिजोको चुनाव चैं गज्जबको भो :)

मैले त धेरै पहिले देखि नै जिम्माल बूढालाई शंका गरेको, उनैले जितेछन् :) मैले शंका गर्नुका कारणहरू:-
१) निशे आउनु भन्दा पहिले एक दिन उनले भन्दै थिए, ' म बूढोलाई त शहरको कथामा सुहाउँदो भूमिका नै छैन, के बोल्ने?'
मलाई यै बेला शंका भैसक्या थियो कि बूढाले केही गर्लान् कि भनेर.

२) निशे र जिम्माल बूढाको पोस्ट गर्नै टाईमिङ् ठ्याक्क मिल्ने. विकेन्डमा जुनसुकै समयमा नि गर्ने, अरू दिनमा अफिस ट्याममा नगर्ने.

३) अरूको भाषा नक्कल गर्न जिम्माल बा खप्पीस छन्, मलाई त शंकै छ कि जिम्माल बाको ईस्टाइल पनि उनको ओरिजिन हो कि हैन.

४) मैले अस्ति पहिलो पल्ट गेस गर्दा हतार हतार मलाइ नै दोष लाएको.(चोरको खुट्टा काट् :P )

अरू पनि होलान् प्वाइन्ट, संझिएँ भने लेख्छु, अहिले अलि व्यस्त छु.
यी बूँदाहरू अस्ति नै लेख्छु भन्दै थिएँ, समयाभावले लेख्न नभ्याएको.

ठूली, के छ हालखबर? विकेन्ड कस्तो भो? :)
 
Posted on 11-27-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को कारण:-

५) निशेको पोस्ट लगत्तै पछि जिम्माल बूढा आएर केही नबुझेको एक्टिङ् गर्ने गरेको दुई तीन ठाउँमा, थाहा नपाओस् भनेर. ;)
 
Posted on 11-27-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!!!! यो गौतम बाउ( बाबु) को दिमाग नि साच्चि नै काँचो रे'च।
केइ काम नपा'र म त्यो निशान्ते बज्जियासं 'हनीsssss' भनाउन समिधा बनुम्ला त??!! कुरो पनि मिल्ने गर्नु नि गाम्ले ले । यो चित्रेले चै किन हो नि समिधा लै 'दिदी' भन्ने ??
यो चित्रेले मळै बाहेक अरुलै दिदी भूनेओ न कइले सुनेकिम न कइले देखेकिम। मलै नै समिधा भन्ठान्यो अस्तो छ ।मेरो लागि चौतारीमा आउने सबैसं एउटै साइनो छ । त्यो हो 'sis"'

तर त्यो "निशान्ते"बज्जे चै को रे'च? मैले त दिप ठानि'रा
 
Posted on 11-27-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
मलाई समिधा तपाई हो कि जस्तो चैं लाग्या थ्यो, त्यसैले 'दिदी' भनेको हो. तर तपाई भन्नु हुन्छ भने पत्याउँछु तपाई समिधा हैन भनेर.

तर निशे जिम्माल बा हैन भन्ने चैं अझैं पत्याउँदिन. :)
 
Posted on 11-27-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा मेरो छुट्टै पहिचान छ । मलाइ सबैको मुख बाट निस्कने "माष्टर्नी नानी', 'माष्टर्नी दिदी' शब्द निकै प्यारो लाग्छ ।

तर मैले समिधा पात्र लाइ नराम्रो चै भन्न खोज्या हैन है। समिधा निकै शान्त छिन । कसरी त्यो निशान्ते चण्डाल सअ जोडि मिलाइछिन कुन्नि ?
त्यसो त निशान्तले पनि चौतारिमा आएर नया नेपाली 'बोलिचालि' भाषाको सुरुवात गरेर रमाइलो भैरा'छ ( तर मलाइ निशको भाषा बुझ्न दोहर्याएर पढ्न पर्छ )



जो भए नि रमाइलो चै भैरा'छ के चित्रेभाइ ;)
 
Posted on 11-27-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्लेहरु, लौ यहाँ त चुनाउको नतिजा पनि निस्किसकेछ, धेरै दिन पछि अड्डा आको, अलि फुर्सत छैन, ट्याम ट्याममा चियाउदै गर्नु पर्ला ।

मास्टर्नी दिदी, चित्रे नमस्कार गरें है, के छ हालखबर?
 
Posted on 11-27-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई!!!

के के भयो हँ, चुनाव कल्ले जित्यो? को हो त निस् र समिधा? मलाई त निस् समिधा गुन्ते सपै एउटै मान्छे जस्तो लाउच है।
 
Posted on 11-27-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नमस्कार है हरि( मलाइ हरितालिका भन्न मन चै त्यति परेन यो 'हरितालिका' नेपाली दिदी -बहिनी संग जोडिएको धार्मिक शब्द भएकोले ) अनि प्रितीलाइ पनि

अब एउटा अनुसन्धान टोली गठन गर्न पर्ला अस्तो छ । सावधान है !!!!( निशान्त , समिधा अनि गुन्टे ) कहि न कहि त कसो फेला नपर्ला

बिर्खे चै हैन अस्तो लाइ रा'च मलै त ।
 
Posted on 11-27-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त निस् समिधा गुन्ते सपै एउटै मान्छे जस्तो लाउच है।
 
Posted on 11-27-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
मलाई समिधा तपाई हो कि जस्तो चैं लाग्या थ्यो, त्यसैले 'दिदी' भनेको हो. तर तपाई भन्नु हुन्छ भने पत्याउँछु तपाई समिधा हैन भनेर.
 
Posted on 11-27-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त निशलाइ बोजु ले ड्याङ्ग् ड्याङ्ग् दि रा को रे छ कि दाउरा ले उता बतासिया लुप्मा अन्त भयङ्कर् डर लागोन्त--- मो लाइ नी झट्टि हन्ला बोजुले भन्दै --- समिलाइ डाइट भन्दै निशेले डिम्बा गोजिमा हालेर फाल् हल्नै लाको रे छ कि पोथी भड्के छ -- आम्म्म्माममा बोजुले समातेर अन्त दरो हान्देछ त नलि हड्डिमा। निशे त फ्लाट भैरा छ त अझै उतै कोदो बारीमा। मो त अबु जान्छु धूम् गोम्पा भनेर जादै थें कि समि चैं उता निश् लाइ कुरि बसे छ लेबोङ्गको हर्स रेस्कोर्सा मा बिचरा भनो छत्रेले अन्त उतै लागे नि। समि लाइ देखि पछि त सारो मया लागोकि केटी को अन्त टाइगर हिल लग्दें उस्ले मन् बहलाउछ कि भनेर -- सेन्चल् लेक् तिर यस्सो पिक्निक् सिक्निक् नी गरियो हो उस्ले सरो कर् गरि के अन्त ---
 
Posted on 11-27-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssssच! दिप्स पाट!

लास्ट हराइदिने के फिरि सोम। यहाँ सुड्डा हुरले 'गिदि' गरे कि हिजो मलाई, अन्त मो त सिम्ससित पिक्निक जान खोजेकोन्त। सेन्चल लेक त होइन हौ, मिरिक लेक जान खोजेकोन्त, मो घुम स्टेशनमा दह्रो कुर्र्यो नि सोम। सिम्स मिरिक पुगिसक्यो भनेर मिरिक तिर चल्दे को कि, केटि त खर्साङ तिर पो लागेछ हौ। लास्ट र्र्याग भयो नि। अन्त मिरिकमा बाङ्गे र बाङ्गेको साथि भेट्यो, फिट्टु भएर लडिराको कि सोमहरु चौरिमा। ब्रो हरु मोरेछ कि भनेर दायाँ बायाँ लुक्स देको कि मैले, २-३ वटा सिरिन्ज रैछ ब्रो त्यहाँ त, बबाल फिक्स हानेछ ट्याबेहुरले। :)
 
Posted on 11-27-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी को जो आज्ञा, हरि नै ठीक छ, छोटो पनि छ,

अनि यो मुखुण्डे हरु चाँही यत्तिकै बहिर आउलान जस्तो त लाग्दैन, यो चुनाउ पनि दुई तीनटा त बूथ नै क्याप्चर भ जस्तो छ, बरु अब चौतारीको नामि जासुस हरु राखेर एउटो अनुसन्धान टोली गठन गर्नुपरो जस्तो लाग्छ मलाई नि,

सान्नानी, नमे, दीप ज्यो,ठुलि, निश (हुन त खै को हो कुन्नी?) लाई पनि नमस्ते टक्र्याएँ है
 
Posted on 11-27-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्ते मिरिक-झीलमा पौडि खेल्न पो थालेच।

बिचरी समिधा फर्केर टुपलुक्क हाँडिगाउ मै

:)
 
Posted on 11-27-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् सोम ले त्यो दिन् चै सारू रड्डी गर्यो के -- उता समि त रुदै थ्यो रे की खर्साङ्को त्यो बडेमानको टावर मुनी बसेर -- झुन्डीम भने नी रस्सी ल्याउनै भुलें भन्थ्यो रे बिचरा -- अन्त टिस्टामा बिदा लिन्छु भनेर जांदै र छ केटी त -- बाङ्गेले आँच निशे तेस्तै छ कि भरोसा गरो भने त धोका दिन्छ त मो चाई त लास्ट लोयल छु के फेरी मयाको खेतीमा भन्दा भन्दै ढल्देछ ड्यान्ङगै -- सुईया लाइसक्या रे छ ब्रोले पैलेइ -- निशेले के को सुइया दे र चल्दीयो -- दिउसै रात् परो भन्थ्यो रे बाङ्गे ---
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters