[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 160022 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 09-24-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मि, गौतमजी धन्यवाद्!
टाइरा :-)!
 
Posted on 09-24-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनमनै (जिम्माल् बा ले मलाइ चै किन धन्यबाद् दिन लोभ् गर्नुभएको होला ) :p :D
 
Posted on 09-24-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनमनै (झन मुसुक्क हाँसोलाई बोल्ड बनाएर, हाँसोको पछाडि 'एक्साइटमेन्ट' थप्दैछु.....) :)
 
Posted on 10-06-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको तर्कना पोख्ने ठाउँ यहि छ के गर्नु। कहिले निराश भयो भन्ने आरोप लाग्छ, कहिले मात्तियो भन्ने।
जे भए पनि मनमा अटाईनटाई उम्लिएका शब्द-भावना पोख्ने थलो देखाइदिनुभयो गौतमजीले 'कविताको देश' मार्फत।
एउटा अर्को अक्षरहरुको बमन गर्दैछु!

View/Share this post only
 
Posted on 10-06-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन, यौवन, र ट्रान्जिसन्-

उफ् यो अप्ठ्यारोपन, यो कर्तव्यबिमूढता,
यो मध्य चोकको बिश्राम,
यो उराठपन्, यो गर्मि!!
कुनै पसलेले ग्राहक कुरे जस्तो!
कुनै घाटमा लगेको बृद्दले काल कुरे जस्तो!!
कुनै अबोध बालकले,
बिषालु माटो खाए जस्तै,
नौलो स्वादमा
आत्तिन नपाउँदै, बेहोश भएको म!!
कहिले चर्को घाम,
कहिले शितल हावा,
कहिले कन्चन आकाश,
कहिले कालो बादल!!

उफ् यो भुकम्पि मन, यो औडाहा,
यो बिना पूर्वानुमानको अत्यास!
यो बिना सूचनाको रोमांच!
कुनै उड्डा उड्दै रोकिएको बादल,
मेरो बाहुमा गिरे जस्तो!
कुनै निभ्दै गरेको आगोको धुवाँ,
मेरो धुवाँ धुवाँ हुँदै गरेको आकांक्षामा,
समाहित भए जस्तो!!
कहिले चिसो पानी,
कहिले खारिलो गन्ध,
कहिले उदास सांझ,
कहिले उल्लास बिहानी!!

उफ् यो अन्यौलपना, यी अनवरत् तर्कना,
यो नुनिलो पस्काई!
यो दिगबिग् भोगाई!
कुनै हारेको जुवाडे जस्तो हेराई!
कुनै नारेको गोरु जस्तो हिँडाई!
कुनै नवबधुको पोसाकमा,
अचानक लागेको रगतको दाग जस्तो!
परिचित तर नौलो त्रास भेटे जस्तो!
कहिले बासि मुस्कान,
कहिले ताजा सुगन्ध,
कहिले शाब्दिक लक्ष,
कहिले तात्विक पहाड!!

 
Posted on 10-06-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ गाउँ भत्किएकोमा!
कृपया मिलाएर हेर्नुहोला।
शुभरात्रि!
 
Posted on 10-06-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भओ जिम्माल बा किन तेस्तो उराठ लाग्दो मन भो, औडाहा किन भो? उनलाई बिर्सिदिम् वत्ति बालेर.
 
Posted on 10-06-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hareee jimmaal ba lai ke bhae chha , sanchai hunuhunchha jimmaal baa ? :D
 
Posted on 10-06-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"...तर हरबखत मुटुमा देश बोकेको छु। "

मुटुमा देश बोक्ने हैन देशमा मुटु रोप्ने हो. देश, तपाईं हुनु पर्छ र तपाईं, देश हुनु पर्छ.
देश र तपाईं दुई अलग अलग चिज हुनु हुँदैन. देश रुदा तपाईं रुने होइनकि देश रुनु भनेको तपाईं रुनु हो वा तपाईं रुनु भनेको देश रुनु हो हुनु पर्छ.
 
Posted on 10-06-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दादा! बेलाबेलामा छड्केको मनले अलापेको राग को खासै केहि हैन।

तितौरी केहि भा छैन सन्चै छु बा म :)

देऊरालीजी, तपाईँले लक्ष गर्नुभएको कविता गौतमजीले लेखेका हुन् र मलाई लाग्छ वहाँले मुटुमा देश नै बोक्नुभएको हो। गहकिला कुराहरु भन्दा अगाडि भावना आउँदोरहेछ शायद् त्यसैले यस्ता शब्द निस्किएका होलान्। बाँकि गौतमजीले नै भन्नुहोला। :)

खै यो हिजो टाँसेको कविताले सबै भताँभुङ्ग पारेछ। यो HTML प्रयोग गर्न नै नमिल्ने भएको होला कि के होला? सानदाईले मिलाईदिए हुन्थ्यो।
 
Posted on 10-13-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केशवराज सिल्वाल (ललितपुर)

(www.nepalikavita.com)

भित्ता

तानातान भयो भित्ता चढन
तर सकेनन् कसैले
र थचारिए भुइँमा ।

वायुवेगमा उडेर आएको चरा
ठोकियो त्यही भित्तामा
र भाँचिए त्यसका पखेटाहरू ।

झुण्ड्याए उनीहरूले आफ्नो दौरा सुरुवाल
किला ठोकेर त्यही भित्तामा
र अडेस लागे आराम गर्न ।

टाउको ठोकेर भित्तामा
बगाइरहे युवाहरूले
तातो रगत ।

पिएर स्वतन्त्रताको ब्राण्डेड रक्सि
पिसाब फेरिरहेको छ
एउटा मानिस भित्तातिर फर्केर
जहाँ टाँसिएको छ आन्दोलनको नयाँ पोष्टर ।

प्रजातन्त्र लेखिएको ठाउँनजिक
जिउँदै टाँगिएको छ
अर्को मानिस जिसस क्राइष्टजस्तै
मौन भएर हारिरहेका छन् दर्शक
जो असमर्थ छन् भित्ता नाँघ्न ।

प्वालै प्वाल बोकेर छातीभरि
मुस्कुराइरहेको छ प्रजातन्त्रको भित्ता
छेकेर प्रजातन्त्रलाई नै ।
यो कस्तो भित्ता हो ?
भित्ताबाट उदाएको सूर्य
टक्क अडिएको छ भित्तैमा पुगेर ।
 
Posted on 11-17-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै यो धागो धेरै भयो माथि नआएको त्यसैले तान्न मन लागेको हो तर रमाईलो केहि छैन, एउटा गन्थन छ यहि पस्कँदै छु।

मेरो सिक्काको निराश पाटो -

प्रतिकुलताको बर्षातले
हिम्मतको बलेसी चुहिँदा,
मक्किएको खरको पालीलाई,
म एकटक हेरिदिन्छु!
एउटा तिखो व्यङ्ग जन्मन्छ;
मेरो मानसपटलमा,
मेरो सामर्थ्यमा,
मेरो पहुँचहरुमा,
मेरो कौतुहलतामा,
सम्पूर्ण नियमित जीवनको चक्र माथि!!

तुहिएका सुनगाभाका गर्भहरु,
कुहिएका गुलाफका पत्रहरु,
मिल्किएका सयपत्रिका थुङ्गाहरु,
कुल्चिएका कपासका भुत्लाहरु,
केलाउँदा केलाउँदै थाकेको म;
बतासको झिनो हावाले,
खारिलो धुलो उडाउँदा धुलाम्य हुन्छु।
अत्यासको गह्रुङ्गो बादलले,
मलाई गुटुमुटु पार्दा
निलो बिश्वासको आकाश छिचोल्न खोज्छु,
कालो अन्धकारको मझेरिमा!!

ओसिलो नर्कटघारिलाई पन्छाएर
उपल्लो पट्टि जान खोजेको म!
सेपिलो गिलो आली हिँडेर,
सुख्खा चौतारीमा बिश्राम खोज्दै हिँडेको म!
बलौटे बाढिको भेलमा,
धमिलो भुमरिमा घुम्दै,
नजिकैको भदौरे खोलामा मिसिन पुग्छु!
छाल छाल अग्लिँदै र होचिँदै,
दोभानमा ठोक्किन पुग्छु;
नितान्त नयाँ, तर उराठ खहरे संग!!!

 
Posted on 11-18-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कविता पढ्न मन भएर यो thread खोजेको बल्ल आज भेटियो ।
 
Posted on 11-18-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे जि, साह्रै राम्रो छ यार्! मलाई त जीवन्, योउबन । । । । त साह्रै चित्त बुझ्यो । दोश्रो चै बुझिन जस्तो छ ।
 
Posted on 11-18-06 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

can someone enlightened me the meaning of this word " Kavitako desh"
what is the translation in english please.

really appreciate.

thank you
 
Posted on 11-18-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kavita ko desh = Nation of Poems OR Country of Poems
 
Posted on 11-18-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you world map. another nepali word learnt today.

thanks again.
 
Posted on 11-18-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a shame Mr. Rai, neither you write any good English nor you understand any Nepali words. Enlightenment ko naam maa dhabba.

Kavita ko desh = Country of a Kavita (Kavita= name of the girl).
 
Posted on 11-18-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gogol जि आउँदै गर्नुहोस कविता पढ्न। अरु साथिहरुले पनि टाँस्नुहुन्छ।

npl2us जि, कविता मन पराईदिनु भएकोमा धेरै धन्यवाद्। यो अन्तिम कवितामा खासमा आशा र निराशा को दुई पाटोमा जेलिँदा, बेला बेलामा आउने निराश पाटोलाई खोतलेको मात्रै हो।
 
Posted on 11-19-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok lah my english no good and i do not know nepali. you got problem is it Mr RSVP?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters