[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 316262 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-05-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Chitre, falos fulos!!!

Namaste. Yamu ho hamle birsyaa chhaina timlai, tara aairaakha na hamlai ni samjhi samjhi. Chana dai namaste, bhauju kata ho bhanya, kehi mitho khana napako dherai din bho.

kumle wa wa aadaab re haha, ani tya mathi mero nam ek thamma matra chha ni ta, las tyam dui thamma thyo.


 
Posted on 10-05-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँडै काँडा हुन्छन के चौतारीमा कैले त आउनै दिक्क लाग्छ फुल पनि फुल्या बेलाँ चै आको ठिक्क लाग्छ।

एउटा फुल त देखियो एइले पनि -- अरु फुलहरु नी फुल्लान केरे -- कुनै फुल त फेरी कुर्यो कुर्यो -- फक्रिन्छन फक्रिन त-- यसो केही गरम भन्यो तरकिन्छन --- अब तेस्ता फुलको फेरी के भर भो र?

शम्भो!


 
Posted on 10-05-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो हाम्रो चौतारी गाउँ छ
यहाँ रमाइलो, अन्त चाँहि झ्याउ छ!
खुसी पो हुनुपर्ने नि सन्नानी
तिम्रो त नाम झन तिन ठाउँ छ!!

वाss वाss वाss

आदाब!


 
Posted on 10-05-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

या ऽऽऽऽऽऽऽऽऽऽहु

अड्डा'टी चौतारी आउने भरेङ नि खुलो....

सप्पैलाई जदौ है।


 
Posted on 10-05-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyu chautarimaa ghaasai ghas umriraa cha aaj bholi :P

uffffffffffffff kumle da ni sarai hasaune ke?

yamu timi ni yetai tira aae kaso hola?

hari khai kata haraecha?

sanani ke cha mori timro halchal? Dashain ko lai kinmela garyo?


 
Posted on 10-05-07 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाआ?
एका बिहानै ठुलै हल्ला खल्ला?

 
Posted on 10-05-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति ,ठुली कुम्ले ,दिपदा,चनाजी, याहु  राहुल्दा हरि सप्पैलै दर्शन टक्रयाए है

हरेक बिहानिमा उदाउने किरण
मेरो गोधुलीमा झल्मालयो

थाम्नै नसकिने गरि

मुटुमा यो कस्तो बेग आयो

वाss वाss वाss

ऐयाsss!!  यो ह्या  चौतारिआँ आम्दा पैतलाआँ काँडा बिझ्यो । कुनचैले फुल टिप्दा काँडा झारेछ

 :)

 

 

Last edited: 05-Oct-07 08:22 AM

 
Posted on 10-05-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले राम्रो गरेउ! ल नयाँ चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद छ है!

 
Posted on 10-05-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनले छोए तीखो काँडा नि फूल हुन्छ,
मनले चाहे   ठाडो    डाँडा नि धूल हुन्छ।


 तारेमाम्, शुक्रबारे जदौ सबै मा ( नाम लिईरहन अल्छि भाकोले होलसेल मा एकमुष्ठ जदौ है)


 
Posted on 10-05-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त्यो किरण हरेक बिहान उदाउने?
अनि कसरी त्यस्ले गोधुलीमा झल्मलायो?
फेरि मुटुमा बबाल बेग आयो भन्नुहुन्छ
लौ मिसको कुराले हाम्लाई अल्मलायो!!

वाss वाss वाss

आदाव!


 
Posted on 10-05-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि कसरी त्यस्ले गोधुलीमा झल्मलायो?

 
Posted on 10-05-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

राहुल्दा,

फुलहरु देख्दा कल्लेपो काडा छुन मान्छ र?

कुनै त वनको काडा धूलैभएनि चिलाउछ

:)

( खेतबारिमा पाइने काँडा के  देख्दा राम्रो हुन्छ यसो छुनै पा'हुन्न धेरै बेर सम्म चिलाउदै  नि) 


 
Posted on 10-05-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोधुलीमा bhaneko ke ho rahul da?

miss di hajur ko ke cha haal chaal?


 
Posted on 10-05-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि होइन रैछ जीवन,
काँडा बिच फुल्ने फूल रैछ जीवन।


 नक्कली भीम बिरागको गीत राखि दिएं लौ जा भनेर, सबिता आएन के गर्ने त?


 
Posted on 10-05-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकाली जाँदा थाकेको भए
एकैछिन चौतारीमा झर्नुहोला!
मेरो सायरी कन्फ्युजिङ भए
क्रिपया मिलाएर पढ्नुहोला!!

वाss वाss वाss


आदाव!


 
Posted on 10-05-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"काँडै काँडा हुन्छन के चौतारीमा "

कल्लाई काँडा भन्या?

कुम्ले वाs वाs वाs

हरी, ठुली के छ? दशैँको केहि किन्या छैन मोरि मैले, जाम सङ्गै बजार।

ठुल्दाई, मिस दर्शन। मिसलाई दोहोरीमा कल्ले सक्नि?

ग्वाँचेsssssssssssssssss


 
Posted on 10-05-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru mori we all r missing u kya. aauna chautari ma ani timi ra ma milera sabai ko kura kating kating gerne kya.


 
Posted on 10-05-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दा र कुम्ले ,

अप्रत्यासित प्राप्ति जो कल्पेको नि कहिले हुन्न

 एकै पटक पाउदा  त्यो खुशीको सिमै रहन्न

धक्का लाग्ने हुन्छ त्यो, तर रत्तिभर पिडा हुन्न

 आँखामा  हर्ष  तर मुटुको वेग रोक्नै सकिन्न 

 

ठूली मेरो हालचाल सब ठिक छ । बरु तिम्रो के छ त सिस ? तरकारि बेच्न सकियो ?:) तितो करेला छ त तिम्रो तरकारी पसल मा ?

 प्रिति  चौतारीमा कोहि नी छैन काँडा (मनमनै भनेको त प्रितिलै नै हो ;)  तर तिम्लाइ भनेकिम भन्न भ'न ) सबै फुल  कोपिला मात्रै कोहि झर्न ला कोहि फक्रिन ला 

Last edited: 05-Oct-07 08:55 AM

 
Posted on 10-05-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म नि कन्फूस भएं, गोधुली सांझ हुनु पर्ने होइन र भन्या? आफ्नो मात्री भाषा परिएन, रात्री भाषा नि परिएन।
मेरो हिसाबमा गोधुली- घाम अस्ताउनै लागेको बेलाको सुनौलो अलि अलि रातो आकाश अनि गाई वस्तु गोठ फिर्दाको धुले आकश को समय जस्तो लाग्छ। त्यसैले प्रतिक साँझ संग मात्र जोडिन मिल्छ कि?
मिर्मिरे बिहानी भने जस्तै।
छोटी मुंह बडि बात हुन्छ, फेरि। मिस्टेकले गल्ती भनेको भएं सच्याई पाउं है।


 
Posted on 10-05-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ni kehi kineko chaina sanani. lu jam sangai. mero ta monday ni off cha.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters