[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 211591 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-01-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले र जिम्मालनीको संबाद!

**************************
जिम्मालनी:-  आज देखि साझा चौतारी छिर्ने होइन नि।
जिम्माल:-  किन?
जिम्मालनी:-  साझा र भट्टी उस्तै उस्तै हुन्।
जिम्माल:- किन?
जिम्मालनी:-  भट्टीमा जाँडहरु हुन्छन् , साझामा भाँडहरु हुन्छन् ।


 
Posted on 02-01-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी राष्ट्रपतीय चुनाउ २००८

यस चौतारी गामको विकास तथा प्रशासन संयन्त्र चुस्त ढंगले चलाउनका लागि राष्ट्रपतीय चुनाउ अत्यावश्क कुरा हो।
केही हप्ता अघि राष्ट्रपतीय चुनाउको लागि उम्मेदवार आवेदन खोलिएकोमा अहिले सम्ममा वर्तमान राष्ट्रपति श्री 
बिर्ख बहादुर बोगटीको मात्र दर्खास्त पर्न आएको छ। अरू ईच्छुक महानुभावहरूले पूर्वी समय ४ बजेभित्रमा दर्खास्त 
दिन आव्हान गरिन्छ। अन्यथा चुनाउ अधिकृत आफैले नाम राखेर चुनाउ गराइने छ।

अहिलेसम्मको नामावली
१) बिर्खबहादुर बोगटी
२) राहुलभाइ राजभन्डारी
३) भउतभाइ भन्डारी
४)
५)
(कम्तीमा १ जना महिला हुनुपर्ने)

उपरास्ट्रपती तर्फ
१) बिस्टेराम बिस्ट
२)लहरेकान्त लाकौल
३)
४)
५)
(कम्तीमा १ जना महिला हुनुपर्ने)

चौतारी निर्वाचन आयोग


 
Posted on 02-01-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्नु बो ठुल्दै
यो भाँड चाँही यो बिस्ते नै हो,
आगोमा घिउ थप्या गरे जसतै जिम्बालाई voltage हाल्छ बा।
सम्धी मन्त्रिपरिशद को मान्छे भन्दैमा, जे पायो तेही गर्न पाउँछ।
अझै पाँच लाइन भा छैन।
पाँच लाई भयो बाइ, अचम्मै भो नि।

 
Posted on 02-01-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कहाँ बाट महिला ल्याउने
ठुलि बाहेक दिउसो महिला हरु अौन छोडे
राती अौने मा नेप्ची भौजु र मीस दीदी हो।
कहिले कही उफ्री उफ्रन्छ, यो पनि कहिले हो कहिले कि कसो रित्थे
फेरी पनि पाँच लाइन भएन
पाँच लाई भयो बाइ, अचम्मै भो नि।
 
Posted on 02-01-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!

हन हर्के क्यारेर थाकेउ तेस्तरि? लु आऊ एक दुए सर्को तमाखु तान ठिक हुन्छ।

यसो कुरा बुझ्दा निर्बिरोध भइएला जस्तो छ। चित्रे तिमि त मेरो टाढाको के साइनि नि पर्छौ क्यार। अनि तिम्रो भतिजोले जागिर पाएन है? म छँदै छु कि क्यार्न चिन्ता गर्छौ, म ख्वाउँछु तेल्लाई जागिर! तो परारको हजार रुप्पे रिन तिर्न पर्दैन चित्रे अब हामि हामिमा के को रिन सिन हैन? अनि घरतिर सन्चै? बरु एउटा कुरा, तो नामावली जुन जुन आउँछ एक बाजी मलाई देखाऊ है? हल्ला नगर्नु अरुले जिते त खतमै हुन्छ नि। तिम्रो भतिजोले कता जागिर खानु अनि? अर्को कुरा चुनाउ नजिते त मलाई नि हजार रुप्पेले सास्ति पार्छ बाबै!

लल लहरे!


 
Posted on 02-01-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


**************************
जिम्मालनी:-  आज देखि साझा चौतारी छिर्ने होइन नि।
जिम्माल:-  किन?
जिम्मालनी:-  साझा र भट्टी उस्तै उस्तै हुन्।
जिम्माल:- किन?
जिम्मालनी:-  भट्टीमा जाँडहरु हुन्छन् , साझामा भाँडहरु हुन्छन् ।
लोल ठुल्दाइ



 
Posted on 02-01-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana a birke खै त्यर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ त्यर्‍र्‍र्‍र्‍र्‍र्‍ गरेर कती तन्छौ तमख्हु लु मलाई देउ एक दुई सर्को तनौ, अनी लाग्नु परो। बिहान देखी चिया बहेक केही हुलेको छैन भुँडीमा। कुइन्न्न्न्न्न्न्न्न्न कुइन्न्न्न्न्न्न्न्न्न्न गरेर करौदै छ पातकी भुँडी।
 
Posted on 02-01-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ राष्ट्रपति बुडा, मैले त भोटीङ् बुथ मात्र राख्ने हो, भोट गर्ने हरुलाइ गुहार, अनि पो जितिन्छ त!

लहरे, महिला थोरै भएनि कम्तिमा त १ जना होलान् नि!

अर्को नयाँ अपडेटेड नामावली
१) बिर्खबहादुर बोगटी
२) राहुलभाइ राजभन्डारी
३) भउतभाइ भन्डारी
४) नेप्चिमाया नेम्वाङ्
5) पुन्टेन्द्र प्यारा परियार


 
Posted on 02-01-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राष्ट्रपती चुनाव गराउने निर्वाचन आयुक्त चित्रे ले आफैलाइ स्वघोसित गरेकोमा घोर नियमापत्ती
ठुल्दाइको चुनाव गराएकै गोडा ४-५ बर्षको अनुभब को आधारमा ठुल्दाइलाई निर्वाचन आयुक्त घोषणा गर्नु पर्ने देखिन्छ
जिन्दाबाद!
जिन्दाबाद!!
जिन्दाबाद!!!

 
Posted on 02-01-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.ओ रिट्ठे, राहुलदाइ चुनाउ नि लड्ने निर्वाचन आयुक्त नि हुने, कसरि हुन्छ त?

2.......

3.......

4......

5......


 
Posted on 02-01-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे ले के गर्न खोज्या हो
ठुल्दै र नेप्ची भाउजु लाई आम्ने साम्ने पारीदियो बाइ,
यो एउता grand design हो। म यो भन्छु
एसरी ठुल्दै र नेप्ची भाउजु लाई एउतै category मा राखेछी
भोट बाडिन्छ अनी फाईदा लिने अरु कोइ हुन्छ
सन्का त पहिले नै लाग्याथ्यो, हजार रुपैयाँ बच्चाउन चित्रे ले
जिम्बाल ले जे जे भन्यो तेही तेही गर्दै छ
यो सबै जिम्बाल लाई जिताउने सद्यन्त्र हो, म यो भन्छु
ल पाँच लाइन भन्दा बढी भयो

 
Posted on 02-01-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'नाम लिया हर्के हाजिर' भन्या एइ हो
'दसैं आयो खाउला पिउला' भन्या जस्तो
'हर्के आयो हर्के आयो, खान पाउला' भन्दा केही फरक नपर्ला भन्छु
केही नभये नि तमाखु खाने भये नि खानेकुराको नाम त लिएकै हुन्छ हर्केले
लोल!


 
Posted on 02-01-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी राष्ट्रपतीय चुनाउ २००८

भोट हालौं, आफ्नो चौतारी अधिकार प्रयोग गरौं!

 

Last edited: 01-Feb-08 03:03 PM

 
Posted on 02-01-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हो त है, ल ल चित्रे तेसो भये तिमी नै हुने भएउ त निर्वाचन आयुक्त


 
Posted on 02-01-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rastrapati pad ko lagi ek jana ummedwar lai vote diu....
feedback bar
feedback bar
Total Votes: 3

 
Posted on 02-01-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रिट्ठे हो, ठुल्दाईको अनुभवहरुको सूचीमा निर्बाचन गराएको संख्या चार् भनेर नि थप्न बिर्सि राख्या।


चुनाव लडेको अनुभव नि ६ ओटा भै सके रिट्ठे।


 संख्या            निर्बाचन                        परिणाम                                  कैफियत
१      स्कूलमा मनिटर             अत्याधिक मतले  बिजयी             छात्राहरुको बहुसंख्यक भोट प्रापत्
२    रेड्क्रसको सदस्यको         २ भोटले पराजय                          आफ्नै साथीले दल बदल गरेको।
३   रेड्क्रसको सभापति          २ भोटले बिजयी                         बिपक्षको १ भोट आफ्नो भागमा पारेको।
४ बिद्यार्थी युनियन              उपसभापतिमा बिजयी
५ इन्जियर्स् एशोसियशन    बिद्रोही उम्मेदबार्- शान्दार मत ल्याए पनि जित्न नसकेको       हराउनु पर्नेलाई हराएको।
६ नेदरल्याण्डस् मा प्रौढ शिक्षा पढ्दा सभापति पदमा बिजयी।


 
Posted on 02-01-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो लहरे, देखी सन्न बा उस्को पद खोहन लाग्यो भनेर, चाइदैन,चाइदैन तिम्रा त्यो पद,
हाम्लाई त चित्रे ले उठै सक्यो उपराह्टपतीमा, भोट् पाये नि नपाए नि, उठ्न चि उठ्ने हो केरे
बरु निर्वाचन चै कैले हुन करे ,चित्रे ज्यु ?
अनी मतदाता नमावाली नि निकाल्नु पर्‍यो नि, कैले नि त्यो चि
अली कडा नियम बनाउनु होल है ,फेरी धाधली गर्ने धेरै छन याँ
एत्ती भन्दै मेरो पाँच लाइन यही सक्याउदछु | तारेमाउ
 
Posted on 02-01-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे ले मत पेटिका त राख्न चाँही राख्या हो तर खै राम्रो काम गर्छ जस्तो लागेन, त्यो भोट जती दिये नि उत्ती को उत्ती हुने रछ
ठुल्दाइ हो त नि, चुनाव गराएकै तेत्रो अनुभब भईसकेछे भने


 
Posted on 02-01-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशबासिलाई सम्बोधन

प्यारा चौतारीदेशवासीहरु,

हालै चौतारी मुलुकलाई छिन्नभिन्न बनाउने, अराजकता फैलाऊने, भ्रामक तथा अतिरंजित समाचार सम्प्रेषण गर्ने, लुटपाट, आगजनि र हत्या जस्ता जघन्य अपराध गर्ने बिभिन्न अराष्ट्रिय तत्व तथा अराजकतावादीहरुले, चौतारीका प्यारा जनतालाई बहलाउने फुसलाउने तथा आफ्नो पूर्वाग्रही सोचाई तर्फ मोड्ने प्रयासमा, चौतारी मुलुक अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको समय पारेर कथित निर्वाचन गराएकोकुरा सर्वविदितै छ। हामि उक्त निर्वाचन तथा सम्पूर्ण उम्मेदवारहरुलाई यसै सम्बोधन मार्फत प्रतिबन्धित भएको घोषणा गर्दछौँ! शान्ती सुव्यव्था, अमन चयन तथा बाँच्न पाउने अधिकारलाई कायम राख्न हामि चौतारीमा संकटकालको घोषणा गर्न बाध्य भएका छौँ। यहि सम्बोधन आएको घडि बाट अनिश्चित कालको लागि उक्त संकटकाल लागु हुने छ। केहि समय पछि अमन चयन राम्रो भएको स्थिती पारेर पूर्णतया प्रजातान्तृक प्रकृयाबाट हामि आगामि मंसिर सम्ममा चुनाव गराउने छौँ। संकटकालमा कसैले पनि कुनै पनि रुपमा चौतारीको राष्ट्रपती वा अरु कुनै पनि शक्ती व्यायाम गर्ने  पदको बारेमा विकल्पको चर्चा, खोज वा सल्लाह गरेमा चौतारी राज द्रोहको मुद्दा लगाएर हदै सम्मको कार्वाही गरिने छ।

श्री चौतारिनाथले हामि सबैको कल्याण गरुन

जय चौतारी

Last edited: 01-Feb-08 03:23 PM

 
Posted on 02-01-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, उपरास्ट्रपतिको चैं रास्ट्रपतिको चुनाउ पछि हुन्छ, यो चुनाउ सेक्योर छ, धाँधलि हुँदैन, पहिले जस्तो
अनलिमिटेड भोट छैन।

रिट्ठे, यो चुनाउमा १ पल्ट मात्र भोट हाल्न पाइन्छ, पहिले पो जति हाले नि हुन्थ्यो, यसलाइ चौतारी आइडल 
सम्झ्या छौ कि क्या हो?

लु गाम्ले हो भोट हालम् म चैं एकछिन आराम गर्छु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters