[Show all top banners]

surendras
Replies to this thread:

More by surendras
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Photo Kabita

[Please view other pages to see the rest of the postings. Total posts: 107]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 71127 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 04-02-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण मित्रहरु,
म यहाँ एउटा नँया शीर्षक शुरु गर्दैछु, जँहा हामीले एउटा फोटो र त्यस सँग सम्बन्धित कबिता कोर्नेछौ।अझ भनौ न आफ्नो गाँउ- सहरको फोटोलाई सुन्दर भावनाका बान्किले कुद्ने छौ। मेरो पालन पोषण र शिक्षादि नवलपरासीमा भए पनि, मेरो जन्म पाल्पाको तानसेनमा भएको हो। यस अर्थमा पाल्पा सँग मेरो भावनात्मक सम्बन्ध छ। मेरो यो प्रयास हाम्रो सम्बन्धको सेतुलाई उजागर गर्ने एउटा जमर्को हो। सँधै जस्तो यहाँहरुको सहभागिताको अपेक्षा मैले राखेको छु।

सधन्यबाद!
सुरेन
------------------------------------------------------------------------------------
पाल्पा मेरो आँखामा

सुर्योदयको हँसिलो मुस्कान सँगै
श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ
रातको अन्धकार रूपी अट्टहास निल्दै
धुपि-सल्लाको पातहरु फहराउदै
रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी
पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै
मदन पोखराका कफि खेतहरु झुमेर नाच्छन्
तिम्रो मुटु भएर बग्ने माडी खोला
महाभारत पहाडका नागबेलीसँग डुडुल्किएर
खेतका गह्रा-गह्रा भिजाउदै
बेसीका खेतालासँग झ्याउरे नाच्छन्

सत्यवतीमा भाकल गर्ने तिर्थालुहरु
बहिरी सत्वती मातासँग चिच्याई-चिच्याई आशिष माग्दा
कराङ-कुरुङ दक्षिणोन्मुख यात्रामा बिचरण गर्दछन्
मित्यालको टोपि खस्ने उकालोमा
नून-तेलको भारि बोकेका ढाक्रेहरु
कौरा, घाँटु घन्किरहेका मगर गाँउ हुँदै
?ओके बाजे? सँग हातमेलो गर्दै
कुटो,कोदालो लिएर बाटो खन्छन्
बिकाश र सम्भावनाका गोरेटो पहिल्याउदै
जातिय बिभिदतता र पाल्पाली सभ्यतालाई
टँडिखेलमा कवाज खेलिरहेका पाईलाहरु लेफ्ट-राइटमा पोख्छन्
मलाई थाहा छ म तिमिलाई अँगाल्न सक्दिन
म काली किनारको रानि महल सरि एक्लिएको छु
तर म तिमिलाई अनुभूत गरिरहेछु, तिम्रो न्यानोपन, ढाकाको न्यानोपन
तिम्रा गुँरास फूल टिप्न सक्दिन, तिम्रो आँसु पुछ्न नै
न त खन्ती,गैंती बोकेर हेक्लाङको बाटो खन्न सक्छु
तथापि हजारौं कोश टाढा यस बिरानो भूमिमा
मेरो ह्दय निकट छौ, मेरो आँखामा
प्रीय! पाल्पा मेरो आँखामा

 
Posted on 05-24-05 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाटी कविता : लेखनाथ पौड्याल
सृजनात्मक पुनर्लेखन : सरुभक्त द्वित्तिय

"ज्ञानुको बिलाप"
(शिखरिणी छन्दमा)

नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि।
ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥
म मर्ने बेला भो, तर मेरो पुतर अधम ता ।
कता भाग्यो तेस्को, भर सक बुझे है तिमी पता ॥१॥

न सक्थेँ त्यो आँशु, टप टप टिपी चप्प पिउन ।
नपाउछु रक्सिले, दिनभर अघाएर जिउन ॥
नसक्थेँ ति टाउका, टपटप टिपी माला सिउन ।
चुँडेँ बेर्थै मैले, नेपाली जनको जिवन किन ॥२॥

दुबै बाबु छोरा, हर बखत पालो गरि गरि।
भरि दिन्थौँ गोलि, अकेला जनताको मुख भरि ॥
अकेली फर्सी त्यो, अब शिब हरे दिन बिचरी।
गुजारा गर्लि त्यो, कसरी जेलको दिन् हरु गनी ॥३॥

न चाडो जाने भो, सहज सित यो प्राण पवन।
न सक्छु यो बाधा, सहन अथवा शान्त रहन ॥
न थामिन्छन् आँशु, न त छ अरु क्यै जिवन गति।
कठै कस्तो पापी, कति कुपित म क्रुर नियति ॥४॥

जनतै हो देशको, अति चहकिलो पारसमणी ।
प्रजाकै शासन हो, यस बिपत्तिको मुख्य तरणी ॥
कुरो यस्तो बुझि, किन म त यो हिंसा तिर झुकेँ ।
न मार्छन् सहजै, हेर मत नराम्रो सित चुकेँ ॥५॥




 
Posted on 05-24-05 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It will better suit if we call it "photocopy Kabita" instead of "photo kabita".
 
Posted on 05-24-05 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम कविता।

>नसक्थेँ ती टाउका, टपटप टिपी माला सिउन ।
>चुँडेँ बेर्थै मैले, नेपाली(गरिब) जनको जिवन किन ॥२॥

प्रचण्डले पनि सुनुन्।
 
Posted on 05-25-05 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अम्रिका युरोप तिर बस्ने साथीहरू, सबैलाई यो लाहुरेको राम् राम् है।
हन कति रामरी लेख्न सक्या, आरिसै पो लग्छ त।
वर्ल्ड म्याप जी, भूपिका कविता युनिकोडमा हालेकोमा सारै गुन मानेका छम् है हामीले।
 
Posted on 06-15-05 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मृत्यु र नियति
newuser

अचानक निर्दोषहरुको शास
पुलको धरापमा गएर अड्कियो
दर्जनौं जीवनका सपनाहरु
बारुदको धुवाँ भित्र बिलाए
अंगहरु चोइटिए, उछिट्टिए
केहि जलेर खरानी बने
केहि डढेर कक्रक्क परे
सुख्खा नदिको बालुवामा
जब आधा गडेको लाशलाई देखेर
आश्चर्य चकित कालले सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरुको जालझेल
श्रीपेचको दाउपेचको खेल ?


जीवन भोगाइको दौडाहामा
केहि दिनहरु लम्ब्याउने आशामा
जीजीविषाले लखेटेर
छोंटो गन्तव्य तोकेर
अलिकति सरजाम भर्न
अलिकति जोरजाम गर्न
थोत्रो बसको छत र डण्डीमा
जीवन अल्झाएर हिंड्नेहरु
जव आमा! भन्न नपाइ निष्प्राण हुन्छन
तब आश्चर्य चकित कालले सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरुको जुवाको दाउ
श्रीपेचको दाउपेचको भाउ?

नागरिक गुमाएको देश
गाउँले गुमाएको समाज
लोग्ने गुमाएकी स्वास्नी
छोरो गुमाएकी आमा
आमा गुमाएको दुधे बालक
मुर्छित मान्छेहरुको भवसागर
अनि अल्मलिएका गिद्ध र चिलहरु
अट्टहाँस गरिरहेका स्याल र व्वाँसाहरु
जब कोही काललाई सराप्दैछन
कोही उसैलाई धन्य भन्दैछन
तब काल अलि हच्किएर आफैलाई सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरु बीचको जुहारी
श्रीपेच र दाउपेचको दोहोरी ?

विष्फोटले अवशेष बनेको बस
छरपष्ट मान्छेका अंगहरु र रगतका टाटा
जीउँदा आखाका वलिन्द्रधाराहरु
मान्छेलाई लुछिरहेका गिद्धहरु
सबै देखेर चकित खाएको काल
श्रीपेचको दाउपेचको टक्करबाट
झन झन भयभीत भएको छ
मानवताको सम्हार देखेर
उसले आफैलाई सोधिरहेछ
के यो मृत्यु नियति हो ?
अहँ, मृत्यु अधिनायकवाद हो
मृत्यु सम्विधानसभा हो
अनि मृत्यु गणतन्त्र हो
काललाई दोष नदेउ मान्छेहरु
यो मृत्यु श्रीपेचको दाउपेच हो।


१४ जुन २००५


 
Posted on 06-19-05 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्पुटर वन्द गर्नुअघि झल्याँस्स एक टुक्रा मुक्तक हो कि के हो फुरिहाल्यो। लेख्दिहाल्छु।

बृहस्पति

कोही श्रीपेचसंग,कोही धोतिसंग, कोही लालटोपीसंग सति गए
म कसैसित जान सकिन फगत एक्लो बृहस्पति भएँ।

 
Posted on 06-19-05 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यु युजर जी, म त साझा सँग सति गएँ, तपाई पनि जानिभा' आउनुस्।

:)

-भउते
 



PAGE: <<  1 2 3 4 5 6  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters