ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 572]
|
[VIEWED 262680
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!! 
|
| |
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे, नेपे दाजी, राहुलदाइ, रिट्ठे धन्यवाद छ सपोर्टको लागि। चौतारी सबै खालका विषय, रूचि भएका व्यक्तिहरूको जमघट गर्ने थलो भएको छ। यहाँ कथा,कविता,निबन्ध, गजल, हाइकू, लघुकथा, हाँस्यव्यंग्य, गीत, चित्रकला, फोटुग्राफी, ज्ञानगुन सबै किसिमका विषयमा कुराकानी, छलफल भएमा चौतारीको स्तर र रमाइलोपन अझै बढ्ने कुरा निसंदेह छ।
सबैले आफुले जानेका, रूचि भएका कुरामा समय मिलाएर केही बेर कीबोर्ड ट्याक टुक पार्नु भए चौतारीको शोभा अझै बढ्ने थियो। 
गफ गर्दै गरम्, रमाइलो गर्दै गरम्। गरम् गरम् चाय गरम्!
Last edited: 11-Feb-08 03:18 PM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-11-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हसिनो ने हसिन बन्कर् गुनाह किया, औरो को तो ठीक हम को भि तबाह किया, पेश किया जब गज्लो मे उन्की बेवफाइ को, औरो ने तो ठीक उन्होने भि WAH WAH किया।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चित्रेको कुरा सोह्रै डलर सही ( रिट्ठ्या स्टाइलमा)। चौतारीको शोभा बढ्ने कुरामा शंका छैन, पल्लाघरे साइलाको छोरी शोभा पनि मख्ख पर्ने छिन्। चौतारीको शोभा बढेको भन्ने सुनेर। शोभा मात्र होइन, प्रतिभा, सारापोभा, कोर्निकोभा समेत खुशी हुने कुरा मा विश्वाश्त छु।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा! राहुलदाइ, शोभा, प्रतिभा, शारापोभा, कोर्निकोभाहरू खुशी भएर चौतारीमा आए त हरियाली आउने थियो नि। कहिलेआम्ने होला त्यो दिन? 
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-11-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राम्रो बिचरा चित्रे।
त्यो भैरबह अर्यलका निबन्धहरु त बहुतै मज्जका हुन्छन नि।
हिजो अस्ती एउटा पढ्दै थें "उड्नु संग उड्दा भन्ने।" कुरा यस्तो थियो। उता अमेरिकाले चन्द्रमा तिर रकेट उडाएकै दिन एता हर्केले ठुलि उडाएछ। आच्या। यि पात्रहरु मात्रै हुन है, चौतारी संग कुनै relation छैन यिनिहरुको।
हैन यो उडाउनु पनि कस्तो ब्यापक, बिरालोले दुध उडाउने, राइट ब्रदरले हावाइजहाज उडाउने, बिश्टेले चुरोट उडाउने, जिम्मालले गफै गफमा चौतारी बासिलाई उडाउने। धत्तेरिका।
कोही हावामा उडाउने, कोही हो हो मा उडाउने। उफ।
अरु खै के के थियो तेस्मा।
अनी हर्के दाइको टाउको को कुरामा एक पंक्ती यद आयो।
"प्रिथ्भी गोलो छ", म चिच्याउछु। "कस्तो गोलो गुरु", विद्यार्थी बुझ पचाउंछ। "तेरो टाउको जस्तो गोलो", मेरो टाउको तात्छ, तर भन्न सक्दिन। "सुन्तला जस्तो गोलो बाबु", टाउको अलिकता चिस्याउने प्रयास गर्छु।
वास्तवमा टाउको र प्रिथ्भी उस्तै त हो। जुम्राहरु टाउकोका मान्छे हरु। कुनै जुम्रो एक छेउ बाट अर्को छेउ सम्म पुग्दो हो, कोलम्बस जस्तै र नयाँ संसार पत्ता लगाएकोमा फुरुंग हुंदो हो। तर जब म नुहाउन बस्छु, ब्रम्हाले हात हल्लाउदा प्रिथ्भी हल्लेको जस्तो जुम्राको संसार पनि हल्लिन्छ।
खै के के अरु अरु .
जडौ सबै लाई।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुन्तले जी, हँसाउनु भो भैरव अर्यालका कुरा गरेर। 
तपाइको लेखाइ साह्रै रमाइलो लाग्छ। तपाइको पोखरा भ्रमण नि राम्रो छ, पुरै पढ्ने समय पाको छैन, पढेर कमेन्ट दिने नै छु।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-11-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
" रामबहादुरले सुन्तलीलाई उडाएछ नि!"
"हँ? कसरि थाहा भयो?"
" अगि सोमेको पसलमा केटाहरु रामबहादुरलाई उडाउँदै थिए!"
" ह्या हैन होला, उडेको गफ होला"
" अब उल्टो मलाई नउडा न, झन थाहा पाएर भन्दै छु!, जाँडले उड्यो कि के हो सुद्धी तेरो?"

|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-11-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्यवाद चित्रे जि।
बरु तो माथि राम्रो बिचार चित्रे लेखेको बिचरा अन्यथा भा रहेछ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भैरब अर्याल कै प्रसंगमा १-२ कुरा राख्न अनुमती चाहन्छु। ब्यङ्गलाई ढङ्ग सङ्ग पस्कने सक्ने बेजोड प्रतिभा ( फेरी प्रतिभा आयो) का धनी भैरब अर्याल को जिन्दगी बेढङ्गको रह्यो। लाग्छ, जिन्दगीले उनैलाई ब्यङ्ग गरे। भर्याङ मा पासो लगाई केवल हास्यब्यङ्ग नासो छोडी हिंडे। गोरखा पत्रमा सामान्य दर्जाको जागिर। कहिलेइ मनले चाहे जती धन पाएन। यता लक्ष्मी रिसाउने उता स्वास्नी ठुसाउने। दाम्पत्य जीवन पनि काठमाडौ सडक जस्तो रह्यो। जता ततै भ्वाङ नै भ्वाङ । यता टाल्यो, उता उप्कियो। हाकिम साहेबअहरुलाई थाहा थियो, भैरब को असली रुप। तै पनि केही सुधार भएन।
उनी मन्त्रिको भाषाण लेख्ने पनि गर्थे, त्यसइबाट अलिकती राशन को जोहओ पनि गर्थे। एक दिन आँफैले लेखेको भाषाण को रिपोर्टिङ गर्न खटाइेछ। रिपोर्टिङ गरी सम्पादकको टेबुल हुंदै कम्पोज गर्ने कामको लागि आँफै कहाँ आइपुगेछ। सिङ न पुच्छर भेर। यसरी मानसिकरुपमै अपमानित हुंदै पीडा खप्दै, सहनै न सके पछी देह त्याग गरे। उनको पीडा अरुलाई के थाहा? सबैलाई हसाउने भैरब ले कहिलेइ उन्मुक्त हासो हास्न सकेन। बिडम्बना देश को, हाम्रो समाज को।
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-11-08 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
yo thuldaile hasda hasda bichamma ruwaune kuro lyaye.. bichara bhairab aryal maile ta mushako poison khayera mare bhanne suneko thiye..
|
| |
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-11-08 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
याँहा कस्तो हँस्योउलो भइ रा'थ्यो, फेरि त्यहि ठाँउमा यो राहुलदा'ले छुस्स भैरब अर्ज्यालको जिवनी सुना'र मनै कस्तो खिन्न खिन्न बनाओ। हन जे भे नि, आत्महत्या नै अर्नु भन्या चैं बेइमानी कुरो हो क्या!
:-)>
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन हर्के, मैले नि सुनेको मात्र। हुन सक्छ, मुसा मार्ने बिषादी खाएर भए पनि आत्महत्या गरेको ठीक साचो हो। एक अद्वितिय प्रतिभाको असामयिक अन्त्य भएको थ्यो। लेखा को जिन्दगी यस्तै हो, (लेखा= लेखेर खाने)। हरिभक्त कटुवाल को अन्त्य पनि दर्दनाक नै थियो। कुनै दिन हरिभक्त कटुवाल को ब्यथा पनि लेखौला।
मलाई नसोध कहाँ दुख्छ घाऊ, म जे छु, ठिकै छु, बिथोल्न न आउ।
यो जिन्दगीमा सधैं यो उदासी सके कै छु जिउन कहिलेइ न हासी
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 5:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ टिरेन को ट्याम भयो, तारेमाम।
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-11-08 5:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हुँदै छ हउउउउउउउउउउउउउउउउउउउउउउउउउउ यता तिर !
|
| |
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-11-08 5:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुलजी,
भैरव अर्यालको जीवनमाथिको तपाईको निष्कर्षमाथि अलिकता skepticism राख्ने अनुमति चाहन्छु । कुरा उही हामीले नयाँखर्कमा गरेको proper degree of certainty राखेर भन्नेसंग सम्बन्धित छ ।
भैरव अर्यालको depression र आत्महत्या नितान्त medical case हुन् कि तपाईले र अन्य कतिपय मान्छेहरुले speculate गरेजस्तै गरीवीसंग सम्बन्धित छ भनेर ठोकुवा गर्ने आधार (डाक्टरी तथ्यांक वा व्यक्तिगत अन्तर्वार्ता) मैले कसैबाट सुनेको छैन ।
अर्को कुरा, भैरव अर्याल गरीवी जस्तो सर्वव्यापी (नेपालको सन्दर्भमा र खास गरेर नेपाली साहित्यकारहरुको सन्दर्भमा) कुराबाट सजिलै भाँच्चिने खालको मान्छे हुन् जस्तो मलाई लाग्दैन ।
त्यसैले, उनको केस मलाई चिकित्सकिय केस होला भन्ने लाग्छ । जे भए पनि हामी सबै सम्भावनासंग खुला रहनुपर्छ भन्ने मेरो आग्रह हो ।
अर्को कुरा कस्को गरीवी जायज हो र कस्को चाही नाजायज हो भनेर तोक्ने अवस्थाको सभ्यतामा हामी छौं जस्तो मलाई लाग्दैन ।
हुन त म पुँजीवादी हुँ र त्यस कोणबाट हेर्दा जो मेहनती र चलाख दुवै (दुवै नै) छन्, तिनीहरुले सम्पन्नता हासिल गर्छन् वा गर्नुपर्छ भनेर भन्नु पर्ने हो मैले । तर पैत्रिक सम्पत्तिले सम्पन्न अल्छी र स्वाँठलाई पनि स्वीकार गर्नुपर्ने पुँजीवादी वाध्यताले मलाई त्यसो भन्न दिदैन ।
त्यसैले ईतिहास र सभ्यताको यस घडीमा गरीवी/सम्पन्नतालाई भाग्य र मेहनत दुवैको खेलको रुपमा स्वीकार गर्दछु म ।
गरीवी/सम्पन्नतालाई भाग्यको खेल हुन नदिई सबैलाई बराबर गरेर बाँड्ने साम्यवादी सुत्रले दुनियाँमा ठूलो ठूलो त्रासदीकासाथ विफलता हासिल गरिसकेकोले अहिलेको सन्दर्भमा त्यो भन्दा अर्को वैकल्पिक resolve पनि देख्दिन म ।
ल कताको कुरा कता पुग्यो । तर एउटा कुरा नि त ।
Nepe
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-11-08 6:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-11-08 6:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-11-08 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते सबैलाई।
साह्रै बेफुर्सदि भैयो ग'को हप्ता। आउने हप्ता नि उस्तै छ। साहू बुढाले कतातिर जोत्न पठाउनि सुर गर्या छन, चौतारी च्याउन नपाइएला जस्तो छ।
यही बेफुर्सदिमा पढ्नै नपाई अर्को अंक आईसकेछ। चस्मा किन्न परो भन्ने सोचाइमा थें, रिठ्ठेले कुरो बुझेरै लाइद्या जस्तो छ। चित्रेका ज्ञानवर्धक जानकारीका श्रिंखला जांदै गरोस, फुर्सद पाए सम्म आउँदै च्याउंदै गर्नु पर्ला।
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-11-08 7:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-11-08 8:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीमा म आउन होला कि
भाभी-जीको कपालले छोला कि
भोटे चाबीलाई
रुघा खोकी लाग्यो कि नेप्ची भाभीलाई
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|