[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 238658 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-28-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-28-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई!

एउटा कुरा के, तिरु बहिनी अचेल देखिएकी छैनन् चौतारीमा। केहि दिन पहिला बल्खुमा कथा पढेको थिएँ। फेरि पढ्नु प-यो र कमेण्ट गर्नु प-यो भनेर ग'को Tyra भन्ने ID नै देखिँदैन। तिरुले चौतारी (र साझानै) माया मारेकी हुन् र?!
 
Posted on 06-28-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!!

सपै जिम्दै होलाउ के रे? खै आजकल त तो पइला पइला अस्तो चिरिबिरि नि सुनिँदैन त चौतारिआँ? सपै लाखा-पाखा लाए झैँ मानिछु!....हिजो अस्तो लाउछ, हेरि एइ चौतारिआँ रात परेर अइलेको बेला भओ कि त गाम्लेहरुको चलपल हुन्तो। अइले आ'र यो गति भओ नारन चौतारिको! पइलेका बुडा खाडा कता लाए कुन्नि? म बुडो अस्तै कुन कुनाँ बसेर काल कुर्दै पो छन कि??? के जान्नु! ठिटा ठिटि भनाउँदा हेरु सपै कता लाए कुन्नि? कोइ जोडि खोज्न गा' होलान कोइ जोरि खोज्दै पाखुरा सुर्कँदै होलान्! तिमेरकै छ दिन, गरिखाओ!
धन्न गोताएँ बुडा एक्लै फत्फताइरा रेछन्! एस्तै हो गोताएँ क्यार्नु, यिनि बडेर आफ्ना खुट्टाँ हिँड्न सक्ने उमेर भ'का ठिटा ठिटिको के कुरो गराइ भो र हामि बुडाले! तो तितौरी नातिनी यत्रि हत्केलाँ अटाम्ने बेला हुँदा देखुन स्यारेको एइ बुडो ज्यानले हो! अस्ति सम्म हजुरबा भन्दै :D अर्दै यतै कतै छुनुमुनु अरिरा हुन्ति, अइले कता हराइ कता , कि त दैब जाननुन कि त उसैलाई थाहा होला! चाइन्जो एस्तै रेछ काल जमाना, बुडो नभै बुड्यौलि कस्तो हुन्छ था पाइन्न के रे, बुडो भएसि था हुन्छ तर क्यार्नु ठिटा बेलाँ अर्नु पर्ने कुरो बुडो भ'सि था पा'र!
ऐया बाबा!... यो खुट्टो नि चुँडालेर फालिदिम झैँ हुन्छ!
खुइयय!!

बेला अमृत गयो
क्षणिक सुख सब बित्यो
स्वप्नमै दिन बित्यो
दूर जानु छ हाsss एकलै
एकलै....

हरिशरणम!!
 
Posted on 06-28-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे रामजी की जिम्माल! खै तमाखु यता पास गर त!
 
Posted on 06-28-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हरिशरणम!
नउस्ते अरे है हउरहुरलै मैले नि ।

गौतमबाउलै सन्चै होला के रे नि

'तो तितौरी नातिनी यत्रि हत्केलाँ अटाम्ने बेला हुँदा देखुन स्यारेको एइ बुडो ज्यानले हो!'

हेहेहेहे जिम्माल बा क्यार्न भन्नुभो भन्चुर । त्यो के जाती निशेलै मैले नि सआनैजो बड

यताउति घुमाउकिम । उ बेला जम्मै जो कखरा धुलौटोमा लेखि लेखि सिकाकिम। बज्जिया

अइले पो ठूलो भ'र 'खोक्स जति सप्पै आफैले जो जानेको हुम कसैले बाल दिएको हैन
'भन्दै ग्यांग बना'र हिड्च। :P

ऐया बाबै !! जानुपर्यो उताहुदि सानो नातिले माभारत सुनाम्चू हजुर्मा मेरो कोठआँ आमनुहोला भन्दैथ्यो

टाउको दुखिपो रा'छ । मजेत्रो कतआपरेच भन्छु र
(गुनगुनाउदै-----)

छोपिने देखिने सब कर्महरु
नचाहेरै थपिए कति फर्जहरु
अधुरोभो अपुरोभो सब मर्महरु
मभन्छु अबत नसह दर्दहरु

:):)
 
Posted on 06-28-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस! साह्रै राउँरो सिलोक हाल्नु भो!


छोपिने देखिने सब कर्महरु
नचाहेरै थपिए कति फर्जहरु
अधुरोभो अपुरोभो सब मर्महरु
मभन्छु अबत नसह दर्दहरु
 
Posted on 06-29-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heyluuuuuuuuuuuuuuuuuuuuuuuu gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 06-29-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुलि, कति छिटो आउछौ हो? म भर्खर आँखा मिच्दैछु,

चिब्रो चोपेर च्या च्युनार च्यो ?
 
Posted on 06-29-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit chana dai le hasaunu bho
 
Posted on 06-29-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु के छ ताअाअाअाआ?
ठुली र चना दाइ मात्र? खै त अरु? अनि चना दाइ, मैले न बुझेको कुरा, जिब्रो लाई बाइ पास् गरेर चिया खान सकिन्छ र भने? जिब्रो त जसरि नै चोपिन्छ , मखुला?
 
Posted on 06-29-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa how r ya?
 
Posted on 06-29-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ मात्र होइन, महा ठिकै ( muy bien ) छ। तिमीलाई कस्तो छ ठुली? चिया त एका बिहानै होला।
 
Posted on 06-29-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले गज्जपको कोइशन अर्नु भो के रे

भन्न मन ला' त थेन है, तर त्यो हिजा" फोटु हेरेसिन मनाँ कस्तो कस्तो भओ गाँठे । फेरि कुन फोटु हेरिस भन्नुहोला के रे । हाउँरो चित्रुबादुर मुखिया के जाति जासुस अर्न यताउति उद्दा रैछन, अनि को कोस्ले के के अरिरा'छन खोजखाज बटुलबाटुल अरेर चौतारिआँ लेराउनि र'छन । त्यस्तै मेसोआँ उन चाहिले चियाँ जिब्रो चोपेर खा'को भिदेओ जस्ता तस्तै राख्देछन के रे ।

अब कुरो के भन्देखुन, पहिला चिया सुरुप्प पारेर त्यसाँ जिब्रो चोप्दै स्वाद लिइ लिइ चिया खा'को भे हुन्थो के रे, तर फोटुआँ यस्स घुरेर हेर्दा त आम्मै कुरो अर्कै परेछ के रे । थुतुना'ट जिब्रो पहिलेइ बाह्रहात बाहिर निकालेर चियामा चोप्नि अर्दा र'छन, अनि त्यसपछि बल्ल थुतुनाँ जिब्रो हुलेर स्वाद लिएर दङ्ग पर्नि र'छन, ए रातै । के देख्नु परो, यो बज्जे चित्रु नि अस्ता अस्तो कुरो ल्या'र देखाम्नि हुँदा हुन, हरेशिव । आफु त्यस्तरी चिया खाने अर्या छैन गाँठे, तिहार तिर पुजा थाप्ने चारखुट्टेले मात्रै त्यस्तो अर्या देख्याहुम, खोइ यो संसाराँ के के देख्नु पर्ने पर्ने , लु हेर्नुस त, ठुल्दाइ नि यस्तरी चिया च्युनार अर्नुहुन्छ कि ?




 
Posted on 06-29-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँदा जाँदै बेलौती पाक्यो
खाँदा खाँदै पानीले रुझायो

शुक्रबारे जदौ! यो बिर्खे मईलाको!!
 
Posted on 06-29-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओ कुम्स पाट! ओ कुम्स पाट!!" मस्त निदाइरा'को बेलामा कत्ता कत्ताबाट बोला'को यस्तो स्वरले मो झसङ्ग भयो है! सिरकबाट यसो टाउको निकाल्यो कि मोइले अन्त झ्यालबाट बाहिर हेर्नु खोजेको त झ्यालमै ह्याँsss टाँसिएर बसिराको रैछन्त हिते! मोइले झन्डै एकsss हान्देको!

"ओइ हित्स पाट के गर्नु आको हौ यस्तो बिहानै मेरो झ्यालमा? फिरी यो माथी कसरी आइपुग्यो तिमी?" मोलाई लाsssस्ट अचम्म लाग्योन्त आबो बिहान ३ बजे मेरो झ्यालमा हिते उब्बिरा'को देख्दा।

"ल कुम्स पाट तिमीपनि लास्ट भुलक्कड भयो यार! हिजो झन मनमायाको तोङ्बा पसलमा बसेर आजु बिहानै नौरथाको मेला हेर्नु दन्तकाली जाने भनेको होइन?" मो त्यस्तो ट्वाँsss परेको देखेर ब्रोलाई लास्टैsss छक्क लागेछन्त।

"ओहो!! हो त यार!! आम्बो! यस्तो कुराहरुपनि मोइले कसरी बिर्स्यो यार? फिरी हिजो राती घरमा आएर भ्यानड्यामको मुवी हेर्यो की राती दुई बजे सम्मन अन्त निन्द्रामा भुस भयो के मो।" मो त अझैपनि निन्द्रैमा थियो।

"लु लु पाट चाँडो गर! आबो गैहाल्नुपर्छ, नत्र फिरी सब छब्कीहरु फिर्किसक्छ अन्त हामी फिरी त्यहि कान्छीको चियापसलमा कान्छीलाई हेर्दै बस्नुपर्छ" ब्रोलाई लास्ट हत्तार भाको थिएछ।

त्यहाँबाट मोइले तु हात मुख धोयो, लुगा लगायो है अनि बाहिर निस्कियो के मो। हिते पाटपनि बल्ल बल्ल मेरो झ्यालबाट तल उत्रियो। आम्बोsss कसरी चडेको रैछ यार मेरो झ्याल सम्मन्। केटाहरुपनि बबाल!!

"मेरो बाइकमा जाने!" हितेले मोलाई भन्यो।

"आँsssच ब्रो! बबाल चार्ली ड्याविडसन लिएर हिन्दिने?" मोइले उस्लाई र्‍याग हान्नु खोजेकोन्त।

आबो हाम्रोमा चार्ली ड्याविडसनको बबाल फेशन के। भयो भने इन्फिल्ड, नभयो भने राजदुत बाइकको ह्यान्डललाई याँsss घुमाएर टर्मिनेटर -२ को आर्नोल्डको जस्तो बाइक बनायो भने हामीले त्यस्लाई "चार्ली ड्याविडसन" भन्थ्यो के। आबो हार्ली ड्याविडसन त किन्नु सक्दैनन्त त्यहि भएर चार्ली ड्याविडसन भएपनि हान्दिने के केटाहरु। हितेले नुर भैयाको वर्कशपबाट पुरानो ३ गियरको राजदुतलाई चार्ली ड्याविडसन बनाकोन्त!

हामी दुईजना निस्क्यो है त्यहाँ बाट तिनकुने, भोटेपुल हुँदै हामी भानुचोक आइपुग्यो। भानुचोकमा काठमान्डुबाट नाइट बसहरु आइसकेको रैछन्त अनि एक्छिन हामीहरु बसपार्कमा ठेलाको चिया खानुथाल्यो। आबो हितेलाई नाइटबसमा आ'को चिक्सहरुलाईपनि सिजन खेल्नुपर्ने के। आबो रातभरी नाइटबसमा बसेर आ'को केटीहरु कस्तो हुन्छ? त्यस्तोलाई नि साइट खेल्नु खोज्ने यार! मो त वाक्क दिक्क भाको के। अन्त फिरी मोइले उस्लाई "ब्रो आबो जुम नत्र ढिलो हुन्छ" भन्यो कि अन्त उ चाँडो चाँडो गर्नु थाल्यो।

हामी त्यहाँ बाट देसीलाइन, पुरानोबजार हुदै माथी दन्तकाली जाने बाटोमा पुग्यो। सब छब्कीहरु हिडेर गैरा'को रैछन्त अनि मोइले उस्लाई "ब्रो हामीपनि हिडेर जुम यार, आबो बाइकमा जाँदा बाटो नै फरक पर्छ, मज्जा नै हुदैन" भन्यो है, उस्ले बाल दिएन।

ल ठिकै छ भन्ने सोच्यो मोइले अन्त बाइकमा बसिराख्यो। बाइक माथी हात्तिसार क्याम्पस पुग्नुलागेको बेलामा त ढक-ढक पो गर्छ आम्बो!! बाइकको त स्टार्ट नै बन्द भा'कोन्त!

"ल ब्रो, बाइक रिजर्बमा आयो कि, टेन्सन नलेउ है" हितेपाटले मोलाई सम्झायो।

"ठिकै छ" मोलाई नि टेन्सन भाको थिएन।

उस्ले बाइकलाई रिजर्बमा लग्यो अनि फिरी किक हान्नु थाल्यो। बाइक त स्टार्ट नै हुदैन। बिचरा लास्ट थाक्यो होला भनेर मोइले किक हान्नु थाल्यो। अझपनि स्टार्ट हुदैन। हितेको जिउ बाट पसिना बबाल तमोर खोला जस्तो बग्नु थाल्यो है। मो पनि सेउती खोला भैसकेको थियो।

"आबो के गर्ने?" मोइले सोध्यो उस्लाई।

"आबो धेरै टाढापनि छैन की, ब्रो आबो तिमी ठेल पिछाडीबाट मो चाँहि अगाडीबाट तान्छु, त्यहि माथी अब्दुलको वर्कशप छ, त्यहाँ बनाउनुपर्छ" हिते पाटले बबाल काम लगायो यार मोलाई।

"ह्या ब्रो! खटेरा बाइक लिएर चिक्स हेर्नु जान्छ यार! मो आफै ल्याइहाल्थ्यो नि मेरो बाइक" मोलाई लास्ट कन्चट तातेर आको थियो, तर के गर्नु हो आबो साथी हो फिरी।

अन्त हामी बल्ल बल्ल माथी पुग्यो है अब्दुलको वर्कशपमा अन्त बाइक त्यहाँ छोडेर गयो है दन्तकाली।

त्यहाँ पुग्दा त कोहिपनि नरैछ के, सब घर फिरीसकेछन्त पुजा गरिवरी। यस्तो घडी हेरेको त ७ बजिसकेछन्त।

कान्छीको चियापसलमा कान्छी हामीलाई हेर्दै मस्किराकोन्त।


 
Posted on 06-29-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle daduuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu

birkhe daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
निशान्त
Posted on 06-29-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट हित्स संग डेजर्टेड दन्तकालिमा बाइकलाई सरापिराको बेलामा मो त फिरि भेडेटारमा थियोन्त जिरो प्वाइन्टको होल ग्याङ संग! सुंगुरको सेकुवा र टुबोर्ग दि’राको थियोन्त हामि चार्ल्स प्वाइन्ट देखि दुरविनमा टाsssढा टाढाको छप्किहरु हेर्दै! बबाssssल खायो कि हामि अन्त ‘डो’ सकिएर नोर्बुले जिन्स बेचिदिएको होटलवालालाई खित्.. खित् ..खित्...!

धनकुटा देखि च्वाँsssक च्वाँsssक छप्किहरु आएको थियोन्त बोलबम जानुलाई, अन्त हामि हल्काss ट्रिपमा लाइन मार्नु गएको! बबाsssल खाएछ हैन हामिले, अन्त फिर्कने टाइममा र्र्याग भयोन्त सोमहरु! हामि झ्याsssप देखेरकि धरान जानुलाइ एउटाss गाडि नरोकिदिने फिरि! अन्त लास्टै रड्डिज भयोन्त, भरै नोर्बुको आइडिया लगाएर धरान फिर्केकोन्त!

पहिला हामि धनकुटा जाने बसमा चढ्यो कि तमोर ब्रिज सम्म, अनि त्यहाँ उत्रियो! त्यहाँ नि बबाल गर्यो हामिले, यस्तो खोकेको कि यस्तो खोकेको कि, तमोर पुलको चिया पसलको छप्कि बाङ्गे संग जानु रेडि भइदियेकोन्त खित्…. खित्… खित्…!

लास्टमा एउटा बस आयो कि धनकुटा देखि, हामिले रोकेर चढ्यो हैन, चढ्ने बेलामा कोहि बोलेको सुन्यो कि मोइले, “ लाहुरेको छोराहरु सब ट्याबे हो” भनेर भनेको सुन्यो कि, मेरो गिदिsss सट्कियो! “ ओ कुन झारपातको दिन सकियो आजु?” भनेर कराको कि होsssल बसमा ‘पिन ड्रप’ साइलेन्स!

अन्त हामिले लास्ट सिटमा कब्जा हान्यो हैन अनि फिर्किँदै थियो, भेडेटार पुग्ने बेलामा उता बसले स्वाट्ट मोड हान्यो, यता बाङ्गेले २ लिटर भोमिट हान्यो खित्…. खित्… खित्….! कोहि झारपात बोल्ने हिम्मत गरेन!

भरै भेडेटार बाट बस ओरालो लाग्दै थियो हैन, नोर्बु बबाल कराउन थाल्यो पिस दिनु पर्यो भनेर, बस रोक्नेss हैन फिरि! झ्यालको सिटमा च्यापिएर बसेको सोम कराssको छ कराssको छ बस रोक्ने हैन फिरि! लास्टमा बस धरान पुग्यो कि, अन्त जिरो प्वाइन्ट मा हामि उत्रियो! आबो अड्डामा जाने भनेर नोर्बुलाई ट्वाइलेट जाने हैन सोम अगि बसमा त कन्टिन्यू कराको कराइ थेउ त ब्रो भनेको त सोम त मुसुमुसु हाँसेर “ मोइले ब.बा.मु. दि सक्यो सोमहरु” भन्छ!
खित्… खित्… खित्…

 
Posted on 06-29-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa chautari aaj kuna sunsan cha.
 
Posted on 06-29-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रमाइलो रैछ । ठीक छ ठीक छ । चौतारी तिर धेरै पछि यसो हावा खान आको रमाइलो भो । अब फेरी दिनदिनै आउनु पर्ला ।
 
Posted on 06-29-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सबै कता मरेछ खित खित खित्
पून्ते दा चै येहि साल आफ्नि बुइनिको बिहे गर्दिनु पर्च भनेर मरि मरि पैसो कमाउदै हुनु हुन्च।
उता निस दाइ चै रक्सि खार कता बातो तिर लदिरा होला।
बिर्खे दाइ चै नलि खुत्तो दुख्यो भनेर चौतरि अौन सक्दिन रे।
कुम्ले दादु चै हाम्रो भौजु लाइ घुमाउदै फुर्सद् चैन रे।
हरिको त के कुरा गेर्ने। उ त हामि सङ बोल्नु पर्ला सधै बिजि च भन्च क्या
दुर्गी दि चै हाम्रो दाई (स्रिमानअ) चित्तो अफिस बाट आउनु हुन्छ भनेर मित्तो मित्तो खाने कुरा पकाउनमा बिजी के।
अनी नेम्ची दि चै खाइ कता जानु भो जानु भो। हाम्रो दाई सँग रिसार।
सानानी चै प्यारि छोरी lai सुताउनमा बिजी होला।
चित्रे चै अरु को जासुसी गर्नमा बिजी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters