[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156800 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-20-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajha ma pani 2 wota party banaune ho?
1. Akhil Sajha User Sangh
2. Akhil Sajha User Sangathan

ल, संघमा छिर्नेहरु वरको फेदतिर जाओ, संगठनमा छिर्नेहरु पीपलको फेदतिर जाओ।
 
Posted on 12-20-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, बिहिबार बेलुका तानोसिमिदा, तोराम्पुनो चि-म देकितेइरु.चिनामिनि, ओमियागे वासुरेनाकु.
---

कुरो के भने अबसिउदेलको कुरोहुँदै थियो नि.जुग्लेमा भेटेछकेरे मैनालाई गिरधारीका पसलनिर.अनि भनेछ,

वरको निलो पात
यही बसमा
जाऊँ कान्छी
ठ्याकै नारनघाट!


जानी त यता परासितिर जो हो केरे,तर तो बाटो लइसी कसैले नि देख्दैनन् भुनेर होला नि.तर मानिनछ मान्न लाई त.त्यती सजिलै काँ जानु? मैना हो नि.
 
Posted on 12-20-05 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहुरले चुनाप उच्चारण अर्दा दुईटा कुरा झ्वास्स याद आयो, एउटा पुरानो र एउटा ताजा । पुरानो चै उहि रवीन्द्रको पिताजीको चुनाव । पंचायती चुनावको "सक्रिय बहिस्कार" गर्न अखिललाई आएको निर्देशन अनुसार गाउँ गाउँ बजार बजार बहिस्कारको भित्तेलेखन, चुनावी पोस्टर च्यात्ने जस्ता काममा लागिया थ्यो । यस कुराबाट मेरो आफ्नै पिताजी बडो अप्रसन्न हुनु हुन्थ्यो र चुनाव हुने दिनमा त गोदाई पनि खाएँ वहाबाट । एउटा स्वादिलै संस्मरण रह्यो त्यो ।

ताजा सन्दर्भ चै जारी छ भन्न परो । एक महोदयले राजाले आयोजना ग-या चुनापमा भाग लिए भने दलहरु मोटा हुन्या र ग्याम जितन्या पक्का छ भनेर ग्यामऋषिको सुत्रको हवाला दिदा मैले 'फटाहा कुरा ग-यौ बुडा तिम्ले' के भनेको, 'बर्चेट, तँलाई त म मान्छे गन्दिन बुझिस्' भनेर बुरुक्क उफ्रिराचन् ।
 
Posted on 12-20-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के भनम्, चईनी दम्तरीहुरलाई भनम् कि नभनम् कुन्नि, जे होला होला चईनि भन्नै परो भन्ठानेर नि,

यो राउनितीको कुरा अर्दा काउँरेस नै भए पुनि शायद बाबुराम भट्टराईले भनेका हुन् कि झैँ मान्छु केरे,
ठ्याम्मै ठेङ्गान त भएन, अरु सबै शास्त्रले आफ्नो उत्कर्ष उपलब्धिको रुपमा दृष्टि मात्र बदल्छन् रे, दृष्टिकोण
सम्म बदल्छन् रे, तर राजनीतिले भने आफ्नो सामान्य कृयाकलापकै रुपमा भने दृष्य नै बदल्छ रे (All other
sciences, at their climax, can change the perspective alone, however, politics, routinely as usual,
changes the scene itself)
. तेसो भएर चईनी नेपे दाजीको कुरा पुनि बेस्सरी कान चईनी ठाडा पारेर सुन्छु
भनो, चईनी फेरि मै ठूलो हुम् चईनी आफै जो ठूलो हुम् भने झै कुरा अर्चन गाँठे । तर अहिले भर्खरै जो नेपे दाजीले
भनेको कुराँ भने म नेपे दाजीको कुरामा पुरै सहमत है । त्यस्ता *जी ग्यामेका कुरा नगरम् दाजी, ती त कहाँ हो
कहाँ oblivion मा हराम्छन् केरे नि अहिलेको नेपालको सन्दर्भमा । पाटी लगायत सबैले बुझेको कुरो के भने अहिले
यहाँ दृष्य नै परिवर्तन हुने कुरो आम्दैछ केरे नि । सिरफ दृष्टिकोणको कुरामा मात्रै अल्झिनु त एकदमै myopic
भएको होला केरे नि त दाजी, वास्तै जो नगर्नुस तेस्ता कुरा ।

उता फेरि जे भा पुनि चईनी जेठान जो परे केरे, भ‍उतेले चईनी दाईँ साईँ कस्तो अरेचन् भनेर गएँ केरे त्यँहा भउतेका घराँ ।
जहिले पुनि मिजासिला चईनी फरासिला भउते, यो पाल्टा त के भएचन् कुन्नि, मलिना भाका गाँठे । त्याँसी भउतेले,
" हेर्नुस जवईँ, चईनी जम्मैका घरबार भए, चईनी मुन्छेले पुनि अब त मलाई गिज्याम्न जो थाले, मलाई एउटी खास्साकी
चईनी किरा नलागेकी चईनी किरा नपरेकी एउटी जेठानी हेऽरि यही पुसको महिना भित्रमा खोज्नी भा खोज्नुस्, नत्र जेठान
भनेर ससुराली नातो लाम्न पर्दैन " भने केरे ।
 
Posted on 12-20-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मैले क्यारम् त नि ? आफ्ना मनाँ लाको र भाको कोही पुनि छैन । त्याँसी भउतेलाई, "हुन्च त नि, अब यो गामतिर
त तेस्ता किरा नलागेका र चईनी जेठानी जो भन्न सुहाम्नी कोही छैनन् केरे । म अब काकालाई सईँ लिएर पखरा तिर
जान्छु । अब चईनी यामकला हजुरकी बहिनी जमुनिकी सईना (मीतिनि) जो हो केरे । उसको गोताएँसित ब्या भाको हजुरले
पुनि थाहा पाम्नु भओ केरे, जन्तिजो जानु भाको हो केरे । हिजाऽज पखरातिरै बस्चन केरे दुईजना जो । कता हो
पिउन् (P.N.) क्याम्पसाँ पढ्चन अरे केरे, त‍ेस्का कोही होलान नि त सईँहुर । म चईनी भोलि पोर्सी जो काकालाई सईँ लिएर
जान्चु र उस्तै परे चईनी भाग्यले जुराए बराउनी जो अरेर आम्चु " भनेर भनेँ केरे भउतेलाई । बल्ल बल्ल फकिए है धन्न ।

धन्न भउतेलाई त जसोतसो सम्झाएर आएँ केरे, अब काका फेरि चईनी जान क्यार्नी हुन् भनेर सोधेको त काकाको यो
चौपारी हुँदो जहाँ बस्दा पुनि खुट्टा निदाम्नी रोग लागेको छ अरे केरे । कहीँ बस्नै जो हुन्न अरे, काकाको खुट्टा त
निदाईहाल्च अरे केरे । " जे त होला, येसो मेरा यी गोडा जाद्रै जो निदाम्चन केरे, फेरि तँलाई सईँ पनि हुनी, उस्तै परे
भउतेको किलो पनि बाँधिनि, जाम्ला केरे नि त, भारा-सारा (बस-भाडा आदि) भनि तैँले जो कि नभए भउतेले जो बेहोरौला
केरे " भन्थे काकाले ।

मैले "हुन्च काका, हजुरबाट चईनी खोजेको जो तेही हो " भनेँ । अब कहिले काका र म चईनी हिँडिन्च केरे पखरातिर,
हुन त काका बुढाले पुनि भन्लान् केरे नि हाम्रो यात्राको बयान त ।

***********
एउटा सिरियस कुरा नि, साथीहुर कसैलाई थाहा भए Behavioral Interview भनेको के हैच र, मलाई तेस्तैमा जाक्नी भएका
छन्, कसैलाई केही वेबसाईट आदि थाहा भए जानकारी पाम् है प्लीज, यह‍ीँ टाँसे पुनि भओ केरे, मेरो ईमेलाँ पठाईदे झन्
जाति हुन्थ्यो केरे ।

Keep rollling...
 
Posted on 12-20-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी गालउ त कति कपटी मुन्छे रचन गाँठे :P। अब त्यो अखिल झुन्ड्याएपछि त सप्पै बाम-माछा खानी मुन्छेको पाटी जस्तो लाउच के मुलाई त। म त बरका फेद तिर नि नजानी,
पिपलका फेद तिर नि नजानी। आफूलाई त स्वमीको फेद मुन पर्छ।

त्यो खुर्पा र घन देखेपछि आफूलाई त सानै देखिनको डर लाउनि हो के रे, त्यसैले हान्नी हुन्
कि भनेर। त्यो गनतन्त्रको नारा चैँ सानै देखि मुन परे पनि खुर्पा र घनको डरले त्यता छिर्ने
आँट कैलेई आएन आफूलाई त। आखिराँ त्यो बाम-माछा खानी मुन्छे भनेनि, काँडे माछा खानी
मुन्छे भनेर धाक लगाए नि सप्पै दरबारका गँडेउला खानि मुन्छे हैछन। त्यो था' पा'सि
आफूलाई त बिरक्त लायो के रे।

अब त कैले काईँ देशाँ जाँदा मध्यराताँ कालीका मन्दिराँ बलि चढ्न नपर्ने वातावरण मात्रै
भैदिए पुग्थ्यो जस्तो लाउच।

घरी घरी जमुनि र धोविनीलाई चटक्क बिर्सेर राउनितिका गफ सुन्न नि मज्जै आउनि र'च के
रे। जे भा नि यो राउनितिले अर्दा चौताराँ नि छपनिले हाना-हान अर्नी दिन चैँ नआए हुन्थो।

:-)
-भउते
 
Posted on 12-20-05 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारि सटकाँ एक हुल चाइन्जो मुन्चे हरु कुन्नि के के जाति फलाक्दै रेचन्।
म पनि दाइँ सकेर सपैलाइ धन्धेबात देर अझ भौते काजीलाइ यो बर्ख सकेसम्म जोडी खोज्नु परो भन्दै एकचिन यसो ज्यान तन्काम भनेर खोलो तरेर उतै गएँ।
एक दुइजना सुकिलो लुआ लगाका भलाद्मी भलाद्मी मुन्चे राऊनितिको कुरो अर्दै रेचन्। अब आफू त्यति कुरो बुझ्दिन के रे राऊनितिको त्यसैले त्यसै सटकाँ भौँतारि रहेको थिएँ। अलि पर एऊटा सटकाँ बर्खाको पानी जान बनाको सिमेन्टठीको पेटि (Culvert) मा एउजना एक्लै बसेर गित गाम्दै रेच। मु पनि त्यतै लागेँ। नजिकै बसेँ त्यहि पेटिमा, उसको दाहिने पट्टी।
अल्लारे उमेर कै हुन पर्च त्यो मुन्चे, जिन को पाइँट ला थ्यो जुन असाध्य मैलो भए पनि निलो हो भनेर थाहा हुनथ्यो। खैरो सटाँ उसको झुस्स र अव्यवस्थित दाह्रि भएको उदास अनुहार गाउन मा मस्त थियो। दुइ आँखिभौँ को बिचको भाग खुम्चयाउँदै उ गाउँदै थियो –

यहाँ पिर बिसाउनै गारो छ
तर म यसै पिरहरुमा रमाउने मान्छे
मलाइ रुखो सहानुभूती नै प्यारो छ

म के सोच्छु यहाँ, मान्छे मलाइ के सोचिदिन्छ
जे जति गरेँ सुकर्म मैले फेरि मलाइ नै दोशि ठान्छ
तर म यसै दोश हरु मा रमाउने मान्छे
मलाइ रुखो सहानुभूती नै प्यारो छ

जिवन मा सबथोक पाएर मैले फेरि सबथोक गुमाएँ
कहाँ पुग्नु थ्यो मलाइ तर कहाँ हो कहाँ पाइला बढाएँ
तर म यसै अन्योलमा रमाउने मान्छे
मालाइ रुखो सहानुभुति नै प्यारो छ

उसको विरही गित सङ्गै म पनि हराउँदै गएँ!
यहाँ (चौतारिआँ ) आम्न पनि भुसुक्कै बिर्सेछु, त्यसैले ढिलो भाको।
 
Posted on 12-20-05 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो भन्नु यै सिरे जवैँ छन के रे। हजुरले हेरेर "हुन्च जेठान त्यत्तिको" भनिदिए पुग्च
मलाइ त :-)। कैले काईँ त जमुनिलाई सग्लै फिर्ता ल्याएर ठिकै अरिचु जस्तो लाउँच के
मलाई त। यो बर्खै पिच्छे गहुँको रोटो काट्नी बेलाँ त झन "खुट्टा त दुइटै छन् के रे हैन
जवैँ, त्यति भा'सि अरु के हेर्नु परो त नि" भनुम कि झैँ नि हुनि के। :P

:-)
-भउते
 
Posted on 12-20-05 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति धेरै मुन्चे चौतारिआँ एकै दिनाँ त मुइले देखेकै थिन अइले सम्म! लु भौतेको जन्मदिनले अर्दा होला, जे होस रमाइलै भो।
 
Posted on 12-20-05 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल त पुन्टेदाई सँअ भेट न'भाको नि धेरै नै भएछ। अस्तेरु मुठी दुइ भट्टमास र मुठी
चारेक भाजिको गुनद्रुक धोबिनिको च्यात्तेको पेटिकोटका टुक्राँ गाँठो पारेर पठाइदे'का रे'छन् के
रे मलाई। पैला त यसो सुघ्दा पनि ठस्स के हो के हो गनाम्थ्यो के रे। अनि मज्जाले
पखालेर घाममा सुकाइदेको त गुन्द्रुकको बास्नाले जितिहाल्यो नि।


भात सात खा'सि ३-४ घन्टा सम्म बेला बेलाँ हात सुँघि राख्ने बानी के रे आफ्नो त। अब नङ
पनि सुन जस्तै पहेँलै जतिखेर नि हेरिराखम जस्तो हुनि। उता सेतेहरुलाई चै यो बासना मुनै
नपर्नी फेरि। यसो नजिकै बसो भने पनि खिस्रिक्क नाक खुम्च्याइहाल्नी। अब त्यो गुन्द्रुक र
भटमास साँधेर खान थाले'सि त झन खास्सा भा'छ याँ। नाक खुम्च्याए नि मटराँ चढ्दा त्यसै
मिँचुला जस्तो अरेर पेलेर बस्थे के रे सेतेहरु। आजकाल त बसे पनि एकै छिनाँ उठेर ठामै
छाडेर हिँड्छन्। सप्पै सिट आफैलाई हुन्छ। अरु उभिन्छन, आफू चै मजाले सुतेर हिडे पनि
हुनि। :-)

आजकाल पुन्टेदाइले सालिको त कुरै अर्दैनन् बा ! के भ'छ र हो भनेर कुरो बुझ्दा त मैले
यस्तो कुरो सुनेको छु है सईँहुर। पैला पैला यसो क्यै कुरो गर्यो कि पुन्टेदाईले मेरा सालीमा
आँखा लाम्नि हैन है, फेरि आँखा साँखा तातो झिरमा उनेर सुकुटी बनाइदिम्ला भन्थे के रे।
त्यति अर्दा नि केटाहुरले नछाडे पछि सालिलाई डोकैले थुन्न थालेछन् के रे। अस्तेरु मुसिरका
औँसिआँ बाटुली भाउजु माइतिआँ भँगेरको पुजा छ भनेर माईत जानु भे'छ। अनि यस्तो
मौकाँ पुन्टेदाई कता कता उछिटिन्छन भन्ने कुरो घाम जस्तै परष्ट छ के रे सप्पैलाई, के
भनि राखम र। उता ढीँकीनेर डोकाले छोपेर राखेको सालीलाई त स्यालले कुखुरा छोपेर
राकेको जस्तो मानेर खुट्टामा समा'र तान्दै छापाको चौरारिअ'ट तलतिर झारेछ। भोलि पल्ट
घिसारेको डोप देखेर था' पा'को रे। अब साँचो कुरो त के हो पुन्टेदाई आफै आ'र भन्लान
नि। :-)

गुल्टिदै अरम् .......

:-)
-भउते
 
Posted on 12-20-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिउदेल परासीतिर रित्तै हात फर्केसी चित्रेको पालो आयो केरे मैनाको छायाँमा सुत्नी॥

चित्रे:


चाइना कम्पनी,
चाइना कम्पनी!

नबोले नि माया लाग्नी रैछौ सान्नानी !
नबोले नि माया लाग्नी रैछौ सान्नानी !!
... ... ...


अनि गीत गाम्दै चित्र कोर्दै गर्न ला'छ॥

 
Posted on 12-20-05 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मैनालाई अब हाम्रो चित्रे बुरो ले ताकेछ??
 
Posted on 12-20-05 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा को फन्ट साइज कुन हो अगि को?
 
Posted on 12-20-05 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले के ल्याएचन भोट तिरा'ट भनेको त नउसो मत्रै हैच केरे ।
गीतै गीतको सुराँ मैले नि आफ्नो गीत गाईदेँ लौ जा, पुरा भने आम्दैन केरे,

हे ऽऽऽऽ
सिरिखण्ड चन्दन
लाको मया छोडेर जाम भनि
परियो बन्धन .....
 
Posted on 12-20-05 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep rolling...
 
Posted on 12-20-05 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि,

यो मयाँले कसला कटाईच, कसला कटाइच
आउला भन्दा मसला पठाईच,
जीरा मरिच
जीरा मरिच, मुलाई पर्नु पिर कोलाई परिच।

(-याउँ -याउँ -याउँ -याउँ)

लु सुतेँ म त अब, अति भो आज त। :-)
 
Posted on 12-20-05 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ई सिरे ख्याल हक्कि छईनन्, भनिहाल्चन् देख्या कुरा । क्यार्नु राउनीति भन्दा राउकानी सुनाम्दा मज्जा आम्नी रच, थाम्नै नसकिनी ।

ठाम, ट्याम, रउस हेरेर मिसिम्लानि राउनीतिका पनि कुरार्न ।

राउनीतिको मत्तै गफ हुने चौतारो पनि छ एउटा "Nepal Democracy Google Group" भन्ने । तेतै बेसी ट्याम बित्छ भन्दा हुन्च । त्यहाँ छिर्न 'पास' चाईने हुँदा, कसैलाई ईच्छा/जिज्ञासा छ भने बिजुलीपत्रमा खबर पाम ।

थुप्रै घचेट्नी-हल्लउनी (movers & shakers) हरु छन् त्यहाँ र गफ पनि ठूलै आयतनको हुन्च त्यहाँ । र मुख्य कुरो त नेपालको सबै शक्ति केन्द्रहरुसंग यस वा त्यस रुपमा त्यस समुहको सम्बन्ध सुत्र गाँसिएको छ भन्दा अतिशयोक्ति नहोला । त्यसैले एउटा बेग्लै महत्व र प्रयोजन भएको समुह हो त्यो ।

मेरो पूर्ण सिफारिस छ त्यो समुहमा प्रवेश गर्नुहुन रे क्या ।
 
Posted on 12-20-05 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो पनि एउटा गित...
मेरो माया काँ पुग्यो होला, काँ पुग्यो होला
दिन मा आउने सुर्जेलाई था होला
माछि काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले

लु म पनि सुत्न गएँ अब...
 
Posted on 12-20-05 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दा' मुलाई सारै रहर छ त्याँ आर २-४ कुरो सुन्न। गफ अर्न त आउँदैन के रे। लाटोले
जस्तो प्वाक्क परेर सुन्नि मात्रै हो। त्यो ढोकाको चाबि कोसँ छ हँ? कोलाई खबर अर्नु पर्ने हो?


चौरातियाँ भन्दा नि रमाइलो कुरो आजको अखबाराँ र'छ। हाँस्दा हाँस्दा हैरान।

शाहिलिँड्को पिटर गिरीका बारेमा .......

.........नगरपालिका र पछि संसद् चुनावमा जाने सरकारको प्रतिबद्धता उल्लेख गर्दै उहाँले झुक्किएर 'राष्ट्रिय पञ्चायत' को चुनाव आउँदैछ भन्नुभयो । उपस्थित सञ्चारकर्मी हाँस्न थालेपछि उहाँले चर्चित अंग्रेजी उक्ति बोल्नुभयो- 'गुलाफलाई जेसुकै नाम दिनुहोस् बास्ना गुलाफकै आउँछ ।' .........

- http://kantipuronline.com/nepali/kolnews.php?&nid=60614

:-)
-भउते
 
Posted on 12-20-05 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीलाई,
अब त्याँ त चईनी हाम्रो गामघरको कुराकानी चल्दैन होला, बरु हिन्दी बोल्नी होलान् केरे, जे भा पुनि एउफेरा हेरम भन्नी रहर त छ केरे, हजुरलाई बिजुली चिठी पठाछु ।

गुलाफ को पनि बास्ना हुन्च र भउते ? कि तो "फ" हटासि हुनी हैच र हो कि कुन्नि ?

Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters