[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 350868 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-12-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम !

केही छैन बिस्टे, उ बात् सला हमि बुझिहाल्यो ! छमा को कुरा छेन ! बात् वहि छ कि सला हजुरले  खबर गरिहाल्नु भयो !

ठुल्दाइ, जन १० मा त फिल्ली मा फेरी मम कम्पिटिसन रे नि त ! ल है ठुल्दाइ को यस्पाली नि चान्स छ ! ल बधाई !

ओहो आज लहरे ले च्या ल्या? ल ल धनीया को पात छ है सोम ! जम्मा १ कप?  हाम्लाई खोइ त? काश हाम्लाई चिया दिने नि कोइ हुन्थे यसरी


 
Posted on 12-12-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ले नौटन्की शुरु गर्‍यो -
पिया सिया आउँदैन आजकाल - यो कुरा बुझिहाल
त्यो ठुस्स फुस्स थोपडा लगाउने होइन यहाँ - यो बात पनि बुझिहाल
 
Posted on 12-12-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  रिट्ठे।
लौ हेर ज्ञानी नानी भनेको लहरे हो। भन्न पाए छैन य:मरी बनाएर ल्याउन भ्याइसके। भाग्यमानी नै हुन्छे लहरी, चिया नास्ता , खाना, खाजा केही बनाउनु पर्दैन, लहरे ले बनाइ हाल्छ।

 


 
Posted on 12-12-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालबाट आएर एउटा डेराँ बस्या थिएँ एक जना दाई सँग। ती दाईका एक जना अर्का दाईले नेपालबाट सिफारीस पत्र लेखीदीएका थिए। जस्को डेराँ बस्या थिएँ, ती दाई फेरी बोतल खाली गर्न खप्पीस रहेछन। बोतल खोले पछी, "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए, बे चै पाँचौ सँग गरीयो। स्वास्नीलाई भिसा दिएन अनि यता छैठौं खोजिंदैछ। के गर्ने? एक्लै त गार्हो हुने रेछ-- " भन्थे। जहिले बोतल खोल्यो त्यै -- अनि एक दुई दिन पछी चै जब उनले "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए--" भन्थे अनि म थप्थें "अनि दाईले पाँचौ सँग बे गर्या" "भाउजुलाई भिसा दिएन, अनि यता अब छैठौ खोज्दै"

अनि उनले भन्थे "फेरी भाउजु रे? भाउजु हैन त श्रीमती -- भाउजुलाई त भिसा दिओस कि नदिओस मलाई के मतलब?" अनि म भन्थें "हैन मेरो चै भाउजु नी --दाईको त श्रीमती" अनि उ "ए" भन्थे।

फेरी अर्को दिन सुरु गर्थे --  "बुझेउ भाई, --"त्यति बेला सम्म मलाई उनले त्यति भने पुग्थ्यो बाँकि म टिप्थें 'दाईका त्रिचन्द्रमा चारवटा गर्लफ्रेण्ड, बे पाँचौ सँग गर्या -- दाईको श्रीमतीलाई भिसा दिएन -- अनि अब छैठौ खोज्दै" अनि उनले भन्थे "दाईको श्रीमतीलाई भिसा नदेको हैन त मेरै श्रीमतीलाई चै नदेको - यो एउटा कुरा चै तिमीले कहिलेई बुझेनौ --"

त्यस्तै एक दिन जब उनले "बुझेउ भाई --" भनें मैले थपें "दाईका चारवटा गर्लफ्रेण्ड त्रिचन्द्रमा, बे पाँचौ संग गर्या -- तपाईँको श्रीमतीलाई भिसा दिएन अनि अब यता छैठौ खोज्दै --" उनले मुसुक्क हाँस्दै भनें "छैठौ खोज्दै हैन अब सम्हाल्दै हो--निकारागुवाकि फेला पार्या छु -- अब त खोज्दा सातौ खोज्ने हो"

त्यस्को भोली पल्ट म स्कुलबाट डेराँ फर्किदा दाई त दिउँसै त्यो पनि एक्लै घुट्क्याउँदै रहेछ्न। अनुहार पनि बाटामा खस्या भोगटे माथि भर्खरै ट्र्कको पाँग्रा पर्या जस्तो देखिन्थ्यो उनको। "के हो दाई? दिउँसै?" भन्या "के गर्ने त? स्वास्नीले भिसा पाई रे नेपालमा --" भनें।

त्यस पछी त्यो डेरा मैले छोडनु पर्ने भो। साथीहरु सँग अर्को डेरामा सरें। डेरा सर्या पैलेई दिन त्यो डेराको साथीले भन्यो "खै तिम्रो डिङ्गो बुट छैन?" मैले "छैन" भनें। उस्ले "बर्बादै गरेउ नी त -- अमेरीका आएर म्याकडोनाल्डमा खाएन, डिंगो बुट लाएन भने त बेईज्जतै भो नी" भन्यो र मलाई नजिकैको मलमा पुर्यायो। डिंगो बुट किनायो। किन्ने बित्तिकै लाएर गएको  जुत्ता झोलामा हालेर डिंगो बुट लाएर घर फर्कें। बाटो भरी टक टक गर्दै हिनियो। मजा आयो। धेरैले हेरे मलाई।

भोली पल्ट बिहानै स्कुल जानु थ्यो। डिंगो बुट लाएर निस्किएँ। बाहीर त टन्नै हिउँ पर्या रहेछ। झन्नै घुँडा सम्म धसियो। रमाईलो लाग्यो। एक छिन खेल्न मन लाग्या थ्यो तर बस आउने बेला हुनै लाईसक्या थ्यो -- नभन्दै आयो पनि। बस सडकको पारी पट्टी आउँथ्यो। बस देखेर छिटछिटो हिन्ने भाको डिंगोले नराम्रो सँग लत्तो छाडयो। सुलित्त चिप्लेर बाटाँ स्नोबुट लाएर हाताँ नुन बोकेर छर्किदै हिनेका दुई जनालाई समेत लडाउँदै अलि तल पुगेर रोकिएँ।

भरखर लडने जर्याक जुरुक उठेर रन्किदै आईपुग्यो म भा ठाममा। उस्को आँखा मेरो डिंगोमा परेछ करायो "यो डिंगो बुट लाउने बेला हो? समरमा पो लाउनु पर्छ"

"हिंजो भरखर त किनेर ल्याउँदैछु, लाउँला नी समरमा पनि" भन्न मन लागेको थ्यो फेरी अरु दु:ख पाईएला भनेर भनीन।


 
Posted on 12-12-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


योमरिको बारे एउटा उखान जस्तो के थियो नि। योमरी भित्र चाकू हुन्छ नदिने मान्छे बुढो हुन्छ आदि आदि के के थियो नि दुई चार लाइनको?  

 
Posted on 12-12-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रोले नदिने बुढीलाई मात्रै सम्झेछ --दिने चै तरुनी बिर्सेको?
 
Posted on 12-12-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी च्वामु
उके दुने हामु
बिउ म्ह: ल्यासे
मबिउ म्ह: बुढी

त्यसपछी के हो बिर्सें


 
Posted on 12-12-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

लोल! ती दाईले आजकल त दशौँ खोज्दै होलान हैन दीप?

योमरी पुर्ने आएछ। योमरीमा गुलियो को सट्टा कुनै कुनैमा झुक्क्याएर पिरो न पिरो खुर्सानी पारिदिएका थिए उहिल्यै साथिहरुले मुख पोलेर बिजोग भएको थियो।

 


 
Posted on 12-12-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे त निकै ज्ञानी भएर निस्क्यो यार आज्कल,चिया भन्न साथ चिया,यमरीको नाम लिना साथ यमरी ल्याइदिन्छ।
लौ लहरे अब एउटा सुन्दर कन्या पनि ल्यादेउ त।
म्:म; कम्पिटिसन रे,खाने कि बनाउने,लौ मेरो नि नाम लेखाइहाल्नु है,बनाउने मा हैन खाने मा चै।
Last edited: 12-Dec-08 10:02 AM

 
Posted on 12-12-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो यमरी खान त दिप ब्रो नि अैसकेछन ब्यान ब्यानै,सोस्ती प्रभो।
जदौ सम्धी ज्यु।
 
Posted on 12-12-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्योछीं त्यो , बक: छिं त्यो
लाटाबाटा कुलिंचाँ जुछिंत्यो।

धेवा दुसा धेवा ब्यू, जाकी द सा जाकी ब्यू।
म्ह्याय:मचा दुसा बौचा यात ब्यू।


 
Posted on 12-12-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे लाई सुन्दर कन्या चाहियो रे - होर भन्या - मङ्सिर नै लाग्या हो त बिस्टे लाई
हेरिराखौ पात्या बुढाहरु एस्ता हुन्छन्, भाउजु लाई खबर नगरि भएन - 
 
Posted on 12-12-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो जनवरी १० मा म: म: कम्पिटिशन हुँदै छ ट्राइ स्टेट ( पेन्सल्भेनिया, न्यू जर्सी र डेलावर )। पोहर को कम्पिटिशन जितेको थिएं, यसपाली डेफेन्डिङ च्याम्पियन को हैसियतले भाग लिना कर लाग्यो। जित्ने कन्फर्म छ, जस्ट फर्मालिटी, भन्छन अरु हरु। ताली बजाउन आउने भए भाग लिइदिन्छु ल जा भनेर। 
 
Posted on 12-12-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""म्ह्याय:मचा दुसा बौचा यात ब्यू।""          रे

लोल लोल ठुल्दाइ - हो हो एसो गरे कसो होला


 
Posted on 12-12-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, कति वटीले योमरी दिए त तपाईंलाई? 

 
सान्नानी
Posted on 12-12-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

हिउमा लडेको अनुभव त मसँग पनि छ एक्चोटि हैन धेरै चोटि नै लड्या छु म कती चोटि त बस स्टप बाट रुदै घर पनि फर्क्या छु। तर यो चाँही ट्रैन मा लडेको .
पहिलो बिदेश भ्रमन् मा सिङ्गापुर परेको थियो त्यहा एक्जना मिल्ने साथी थि अनी उसैसँग गैन्थ्यो घुम्न यता उता। तेही क्रममा पहिलो चोटि ट्रैन चढेको त्यो पनि सिङ्गापुर को MRT. एकदम फास्ट हुन्छ छिटो चड है भनेर साथीले सिखाकी थि र त्यसै अनुसार छिटो छिटो ढोका खुल्ने बित्तिकै चढे। ढोका आँफै खुल्ने बन्द हुने देख्दै उत्साहित थिए म। भित्र भिड भिड नै थ्यो। मैले कतै समाउन भ्या थेन र समाउनु पर्छ भन्ने ज्ञान पनि थिएन ट्रैन त चल्न शुरु भएछ एकदम बेजोड स्पीड्मा म त दुइ चार जनालाइ लडाउदै लडिहाले आफु पनि ... कस्तो बोर भयो भने


 
Posted on 12-12-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी के छ - लडेको रे - हो र भन्या - दुख्यो त - रोयौ त, आसुँ पुछ्यौ त,
एकचोटि लडेर कती काम गर्नु पर्‍यो है तिमीलाई -


 
Posted on 12-12-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा पनि । सान्नानी लडेको घट्ना सम्झेर अझै दु:ख्दै होली, बौचा भने जिस्किन। छिटो भउते न बनाइ भएन। लहरिले ठीक पार्ली नि बेठिक बौचा लाई । कसो सान्नानी?

तारेमाम बिर्खे, सान्नानी।


 
Posted on 12-12-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्दा त्यसै त्यसै झन मिठो मिठो कुरा सम्झेर बस्नै गाह्रो हुन्छ।

म:म सम्झिएर मुख रसाउँछ....आहा!

 

म:म पकाऊन तह मिलाएर भाँडोमा राखेको देख्दा कठै! कहिले पाक्ला र खाउँला भन्ने कसको मनमा नहोला र?

 

लपक्क अचारले छोपेको म:म खाँदा मुखको भित्रि गालाबाट सररर गरेर पानी आउँछ र म:म चपाउँदा स्वर्गिय आनन्दको अनुभव हुन्छ हैन र?

 

 

जे भए पनि, सालको पातको दुनामा राखेको अमिलो अमिलो अचार, र टपरीमा राखेको तात्तातो म:म  को वर्णन हजार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन्। कि कसो?

 

अन्त्यमा, म:म मात्र कति खाने भन्नुहुन्छ भने, खसिको ग्रेभियुक्त तरकारी संग बासमती चामलको फररर परेको भात खाऔँ है त?

 

मुखमा पानी आएमा यो पोस्टर जवाफदेहि हुने छैन।

भुलचुक लिने दिने।


 
Posted on 12-12-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्या बेला झोक चल्यो हो बिर्खे बुढा। अब कोक नि ल्याइ देउ। म चाँही हसुर्न हिंडे, बिना रोक तोक, कुरी राख्या छ ट्रक अनी चोक। हाय रे मेरो भोक। ठोक ठोक।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters