[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं को कथा कसैले बुझेनन, के गरुं?
[VIEWED 8626 TIMES]
SAVE! for ease of future access.
Posted on 10-19-20 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैंको अवसर पारेर मैले एउटा कथा लेखेको थिएँ .. भिडियो पनि बनाएँ .. तर धेरैले बुझ्दै बुझेनन

खास दुर्ग भनेको किल्ला .. हो । एउटा केहि छिर्न नसक्ने किल्ला (दुर्ग) मा ९ ओटा ढोका छन । तिनै ९ ढोकालाइ नवदुर्गा भनेर पुजा गरिन्छ भनेर कथा लेखेको :

नाक को दुइ प्वाल कान को दुइ, आँखाका का दुइ प्वाल ६ ओटा ढोका भए
मुख एउटा, मलद्वार एउटा र पिसावफेर्ने मुत्रद्वार एउटा गरेर जम्मा ९ वटा प्वाल

यिनै प्वालबाट मात्रै रोग छिर्न सक्छन .. ति प्वाल नभएको भए त शरिर पुरै अभेद्य हुन्थ्यो ।
९ओटा कमजोरिहरु - ९ वटा दुर्गका कमजोरिहरु -- नवदुर्गा भए । तिनै प्वालहरुको पुजा गर्नु भनेको नवदुर्गाको पुजा गर्नु भनेको नै दशैंको - नव रात्रिको , नवदुर्गाको पुजा गर्नु हो भन्ने जानकारि दिन: 

बिर बुद्धि र आत्मराम महाराज पात्र बनाएर कथा बनाएको छु - यसरि, यहाँ अर्थ बुझाए जसरि अर्थ बुझाउँदै कथा  सुनाउन त मजा आएन .. अर्थ नबुझाएपनि बुझिने गरेर - लोककथा जस्तो पनि होस - शिक्षाप्रद पनि बनोस .. भनेको आइडिया नै आएन । 

लौ न .. सुझाव दिनुहोस् । सुझावको लागि अग्रिम धन्यवाद।

https://youtu.be/grraS-0JiqA
Last edited: 19-Oct-20 02:01 PM

 
Posted on 10-19-20 7:21 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु सबै गर्न मिल्यो .. @ Nas नव दुर्गालाइ दश दुर्गा बनाउन मिलेन .. :(

 
Soumya-gulmohar tree
Posted on 10-20-20 7:37 AM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

sabai kura bujhi sakey ta aba dherai bujhauda afai bhramit hunu bhayo :) . Bhayo arko katha shuru garnus Anandji! Ma niyamit roopma herne garchu tapaiko videos!
 
Posted on 10-21-20 10:44 AM     [Snapshot: 375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you @Soumya-gulomhar tree
testai laagyo ;)
 
Posted on 10-22-20 8:39 PM     [Snapshot: 560]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, पसिना आउने प्वालको पनि कुरा गर्न भएन @Nas ..

धार्मिक मान्यता अनुसार .. रोग ब्याधि शरिरमा प्रवेश गर्ने द्वार हरु ९ वटा मात्रै हुन .. तर, कट्टर हिन्दुहरुले देवि भगवतिको कुरा नगरेको भन्दै यो कथा "अधर्मिको कथा" भनेर बिरोध गरिरहेका रहेछन ।

तेसैले तिनिहरुको चित्त बुझाउन भनेर मैले "धार्मिक कथा" पनि लेख्न बाध्य भएँ ।
यति गर्दा पनि चित्त बुझाएनन भने मुलाहरुलाइ बाल .. हुन्त अर्को रावणको कथा त लेख्नै छ ;)
(जाँगर खासै छैन, अरु कसैले लेखेको कथा फेला पारें भने त्यहि पढिदिने हो !! ) ..


दशैंको देवासुर संग्राम को धार्मिक कथा यस्तो बन्यो :

https://youtu.be/gmih1TMk_VE
 
Posted on 10-24-20 10:44 AM     [Snapshot: 654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्लोक

आयुर् द्रोणसुते, श्रियों दशरथे, शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।।
शौर्य शान्तनभे, बलं हलधरे, सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे, भवतु भवतां, कीर्तिश्च नारायणे।।

चार लाइनको यो श्लोकमा १२ ओटा आशिर्वाद रहेका छन ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ।।

यस्को अर्थ हुन्छ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नामले प्रसिद्ध तिमीलाई नमस्कार छ।

यि साबै देवीहरुका नामहरु हुन । महिलालाइ अनेक देवि हरुको एकाकार स्वरुप भएको हुनाले ति सबै देविहरुलाइ जसरि पुजा गरिन्छ त्यसै गरि पुजा गर्दछु भनिन्छ। देविहरु आँफैमा पुर्ण हुने हुनाल् उनिहरुलाइ यस्तो होस् उस्तो होस् भनेर आशिर्वाद पनि दिनु आबश्यक छैन भन्ने मान्यताका कारण यो छोटो श्लोकमात्रै भन्ने गरिएकोछ भने आशिर्वाद दिनको लागि छुट्टै लामो श्लोक पनि भन्ने चलन छ । (यो मेरो ब्यक्तिगत बिश्लेषण हो)

दुइटा प्रष्ट गल्ति भएछन -
१) संजयले live टेलिकाष्ट गरेको बिदुर भनेंछु
२) अनि राघव भनेको राम हुन - कृष्ण भनेको छु ..
अरु गल्ति भए भनिदिनुहोला ..

https://www.youtube.com/watch?v=_sNxo8qSNZQ

अनि दशैं कसरि शुरुभयो होला भन्ने मेरो अनुमान:

https://www.youtube.com/watch?v=tr0WxjTzMoc
Last edited: 24-Oct-20 10:45 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters