[Show all top banners]

abodh
Replies to this thread:

More by abodh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 WHO IS THIS GUY?
[VIEWED 5397 TIMES]
SAVE! for ease of future access.
Posted on 06-26-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once this guy was also featured in Nepalipost.com with self claim of member of Nepal's constituent assembly.  He is acting like a leader with  big talk while he himself is illegally overstaying in Baltimore area. He reaches out to every leader from Nepal when they are here in the states.  Now, he is behind Sushil Koirala and Sujata Koirala as both are in the US.  Reportedly, he is apeasing other team members of ANA convention in Baltimore to invite UML leaders. 

Becareful, with such personality who is opportunist and will do anything for his personal gains.

 

 

दशौं हजारको सहभागिता हुने विश्वास गरिएको छ

:: वार्ता
- डिल्ली पौडेल–ए.एन.ए. फोरम संयोजक
दशौं हजारको सहभागिता हुने विश्वास गरिएको छ अमेरिकामा रहेका नेपालीहरुको साझा संगठन ए.एन. ए.को २६ औं सम्मेलन यसपटक अमेरिकाको राजधानी वासिङ्गटन डिसी नजिकैको बाल्टीमोर शहरमा अगामी जुलाई ४ देखि ६ सम्म हुँदैछ । हरेक वर्ष अमेरिकाका विभिन्न शहरमा आयोजना गरिने आना सम्मेलनका बारेमा सम्मेलन आयोजक समितिका सदस्य, एसोसिएशन अफ नेपलीज इन अमेरिका(बाना)का महासचिव डिल्ली पौडेलसँग अमेरिकादर्पणका प्रतिनिधिलेले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ -

आना कन्भेन्सन आयोजक कमिटिको सदस्य तथा फोरम संयोजकका हैसियतले २६ औं आना कन्भेन्सनको तयारी कसरी भैरहेको बताउनुहुन्छ ?
-ए. एन. ए. नामको नेपाली संस्था वर्तमान परिप्रेक्ष्यमा अमेरिकी नेपाली समुदायमा नेपाली पहिचानको पर्यायवाची बन्न पुगेको छ । आम नेपालीहरुको आशा र विश्वास बोकेको यस संस्थाको २६ औं सम्मेलन ए. एन. ए. सम्मेलनको इतिहासमा नै (Bigger, Better and Best ever) तयारीको रुपमा काम भइरहेको छ ।

० Bigger, Better and Best ever को तयारी भैरहेको छ भन्नुभयो, यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?
- २६ औं ए.एन.ए. सम्मेलनस्थल बाल्टिमोर धरातलीय रुपले अधिकांस राज्यहरुबाट आवागामनको निम्ति पायक पर्ने ठाउँ भएकोले स्वाभाविक रुपमा अधिकांस नेपालीहरुको सहभागिता रहने छ भन्ने कुरामा हामी विश्वस्त छौं । त्यसैगरी विगत २५ वर्षका अनुभवका आधारमा परिवर्तित परिवेश अनुसार सम्मेलनलाई यथासक्य आम नेपालीहरुको भावनालाई समेट्दै समयसापेक्ष र उपलब्धिमूलक बनाउने जमर्को भैरहेकोले यो आफैंमा एउटा Better सम्मेलनको रुपमा रहने छ । र समयको एउटा विशिष्ट घडीमा सम्पन्न हुन गइरहेको यस सम्मेलनले आम नेपालीका निम्ति ऐतिहासिक महत्वका निर्णयहरु समेत गर्ने भएकोले पनि ए.एन. ए. सम्मेलनको इतिहासमै आगामी सम्मेलन Best ever सम्मेलनको रुपमा स्थापित हुनेछ ।

० विगत २५ वर्षसम्म ए.एन.ए. सम्मेलनलाई छुट्टी मनाउने र मनोरञ्जन गर्ने स्थानका रुपमा बुझेको पाइन्छ । यसपटक पनि त्यस्तै हुने हो कि केही फरक हुन्छ ?
- हेर्नोस्, सबैभन्दा पहिलो ए.एन.ए. संस्था अमेरिकामा बस्ने नेपालीहरुको बीचमा साझा संस्थाको रुपमा स्थापित भैसकेको छ । भौगोलिक जटिलता र व्यस्त जीवनका बाबजुद आम नेपालीहरुलाई सम्मेलनको एउटै स्थलमा दशौं हजारको संख्यामा नेपालीहरुलाई जम्मा गर्नु सम्मेलनको महत्वपूर्ण विशेषता हो । आपसी सहयोग र सद्भाव जुटाउनका अतिरिक्त आम नेपालीहरुका निम्ति समयसापेक्ष नीति तथा कार्यक्रम तय गर्दै जानु र समग्रमा स्वयं अमेरिकी सरकार र नेपाल सरकार समक्ष नेपालीहरुको जीवनस्तरको विकासका निम्ति आवश्यक पहल गर्नु ए.एन.ए.को दीर्घकालिन लक्ष्य रहेकोले यसपटकको सम्मेलन भेटघाट र रमाइलो भन्दा बढी समसामयिक विषयमा केन्द्रित हुने भएकोले उपलब्धिमूलक हुने कुरामा विश्वास गर्न सकिन्छ ।

० ए.एन. ए. नै अमेरिकामा बसोबास गर्ने नेपालीहरुको छाता संगठन हो ?
- हो ।

० यो सम्मेलनमा ए.एन. ए. पदाधिकारीको चयन कसरी हुँदैछ ?
- ए. एन. ए.को कार्यकारी समिति चयनको शैली निर्वाचनका प्रक्रिया भन्दा बढी आपसी सहमती र व्यवहारिक आवश्यकतालाई मध्येनजर राखेर गरिँदै आएको पाइन्छ । त्यसैले यसमा को व्यक्ति उम्मेदवार हुने भन्दा बढी जसले ए.एन.ए.को भावना र उद्देश्यप्रति प्रतिवद्ध भई त्यसको निम्ति लागि पर्न सक्छ ती सबै व्यक्तिहरु ए.एन.ए.कार्य समितिका साझा उम्मेदवार हुन् ।

० सम्मेलन भनिसकेपछि उम्मेदवारहरुको निर्वाचन तथा त्यस सम्बन्धी जानकारी सबै नेपालीहरुलाई हुनुपर्दैन ?
- मैले तपाईलाई भनिसके आजसम्मको ए.एन. ए. कार्यकारी समितिको चयनको प्रक्रिया सहमतीमार्फत हुँदै आएको देखिन्छ तर समयको परिवर्तित परिवेश अनुसार यसको चयन प्रक्रियामा पनि परिवर्तनलाई आत्मसाथ गर्दै निर्वाचन प्रक्रिया समेत अपनाउन पर्ने हुनसक्छ । किनभने इतिहसको एउटा कालखण्डमा स्थापना भएको ए.एन.ए.ले २५ औं वसन्त पार गरिसकेको छ र वर्तमानको परिवर्तित परिवेशलाई मध्यनजर राख्दै सम्मेलन स्थलबाटै पदाधिकारी चयनको प्रक्रिया अपनाउनु पर्ने देखिन्छ ।

० यो सम्मेलनमा प्रमुख अतिथिको रुपमा कसलाई आमन्त्रित गर्नुभएको छ ?
- जहाँसम्म अतिथिको सवाल छ, ए.एन.ए. सम्मेलनको इतिहास हेर्दा सम्भव भएसम्म सरकार प्रमुख र त्यो पनि सम्भव नभए राष्ट्रिय मुल प्रवाहको रुपमा रहेका राजनैतिक दलका प्रमुखलाई बोलाउने परम्परा छ । जहाँसम्म आगामी सम्मेलनको प्रमुख अतिथिको सवाल छ देशमा सरकार प्रमुखको चयन नभइसकेको अवस्थामा मुलुकका तीनवटै दलका नेतृत्वपंक्तिलाई आमन्त्रण गरिएको छ । त्यति मात्रै होइन धरातलीय रुपले ए.एन.ए. अमेरिकी भूमिमा कार्यरत रहेकोले अमेरिकी राजनीति र समाजका महत्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मेलनको अतिथि बनाउने परम्परा रही आएकोले आगामी सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको प्रत्यक्ष सहभागिता लगायत वर्तमान राष्ट्रपतिको शुभकामना प्राप्त हुने विश्वास गरिएको छ ।

० हरेकपटकका ए.एन. ए. सम्मेलनमा खान र बस्नको लागि र विशेष गरी खानाको लागि निकै समस्या देखिँदै आएको छ, यसपटक बाल्टिमोरमा कति नेपालीहरु र अतिथिहरुको जमघट होला जस्तो छ र खान बस्नेको कसरी व्यवस्था मिलाइ रहनुभएको छ ?
-हेर्नोस्, यसपटक आयोजक समितिको हैसियतले भन्नुपर्दा न्यूनतम ७ देखि १० हजार मानिसहरुको सहभागिता रहने विश्वास गरिएको छ । हालसम्म लगभग एक हजार जति कोठाहरु सुविधासम्पन्न होटलमा बुक भइसकेका छन् भने उक्त होटलको क्षमताले नभ्याएर सम्मेलन स्थलबाट १० मिनेटको दुरीमा सैराटन होटलमा व्यवस्था गरिएको छ । सहभागीहरुको सुविधाको निम्ति सम्मेलनस्थलसम्म आवतजावतको निम्ति यातायातको व्यवस्था गरिएको छ । त्यो भन्दा बढी सुविधासम्पन्न होटलमा ज्यादै सहुलियत मूल्यमा ८९ डलरमा २ बेड रुमको व्यवस्था समेत गरिएको छ । जहाँसम्म खानाको सवाल छ कन्भेन्सनस्थलमै होटलसँग खाना उपलब्ध गराउने सहमति भएको छ । त्यसैगरी नेपाली स्वादलाई मध्येनजर राखी ममः, सेकुवादेखि नेपाली स्वादका विभिन्न परिकार उपलब्ध हुनेछ ।

दशौं हजारको सहभागिता हुने विश्वास गरिएको छ

 
Posted on 06-26-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh man, don't u know him??

 

NEPAL IS FULL OF THEM - brown nosers from peons to ministers.


 
Posted on 06-26-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with you Unicornis!
 
Posted on 06-27-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does anyone know more about this guy?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters