[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 वाओ !! रिमिक्स गीत
[VIEWED 3610 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार पो कतै आउँदै छ कि भनेर एफ एम रेडियोको कान बटार्दै के थिएँ, नारायण गोपालको "यो सम्झिने मन छ, म बिर्सुं कसोरी....." गीतले कोठा गुञ्जायमान भयो । " हिन्दी, अंग्रेजी, पप र र्याप गीत सुनाउनु नै गौरव सम्झने एफ एमहरु मध्ये कुन चाहिंले यो सुमधुर गीत बजाएछ ! कतिपय एफ एममा साहित्यिक कार्यक्रम प्रसारण गरिन्छन् , तिनै कार्यक्रममा यो गीतले ठाउँ पायो होला; हुन सक्छ कसैका जीवनका कथालाई प्रस्तोता रोइहालुँला झैं गर्दै प्रस्तुत गर्दै होलान् अनि सन्दर्भ मिलेर यो गीत बजाइएको होला । " यति सोचिसकेकीमात्र के थिएँ, नारायण गोपालको सुरिलो स्वरलाई होच्याउँदै एउटा कर्कश स्वर रेडियोको स्पीकरबाट निस्कियो -- " या ! या! या! आइ रिमेम्बर यु, हाउ हाउ क्यान आइ फर्गेट ...." हरे शिव यो पनि रिमिक्स गीत पो रहेछ, आफैं आफ्नै पुस्तालाई धिक्कार्दै मैले रेडियो बन्द गरिदिएँ ।

समय कटाउने अर्को माध्यम टेलिभिजन खोलें मैले । नेपाली च्यानलमा सुन्दर नेपाली षोडशीहरु नाचिरहेकाथिए । " हिमालको काखमा छ , सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ..." भन्दै नाचिरहेका ती हिमालको काखमा घर भएका पर्वतका छोरी पार्वतीहरुको पहिरन भने जेनिफर, ब्रिटिनी र मल्लिकाहरुको भन्दा कम थिएन । लगाउन त चौबन्दी छोलो र फरिया नै लगाएका थिए तिनले तर बाहुला साहुला नभएको एकबित्ते चोलो अनि घुँडाभन्दा निकै माथिका फरिया!! मलाई भनन्न रिंगटा लागेजस्तो भयो, भाउन्न भयो, यस्तो म्युजिक भिडियोलाई बनाउने, तिनमा खेल्ने आनि तिनलाई प्रशारण गर्नेहरुको निर्लज्जता देखेर !

टि भीमा दर्शकसँग फोनमा कुरा गर्ने कार्यक्रममा दिइएको रहेछ त्यो गीत ! पढेलेखेका भएकाले होला, कहिकेकाहीं ति प्रश्तोता निकै गहकिला कुरा गर्छन् । तर नेपाङ्ग्रेजी बोल्नुलाई नै अर्वाचिन सभ्यतामान्ने आजको पुस्ताको सोचाइबाट फरक उनीपनि छैनन् । त्यसैले त अस्ति एकदिन "जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी" लाई नेपालीमा उल्था गर्नुपर्दा जननी जन्मभूमी हुन् श्वर्ग भन्दा पनि ठूला भन्नुको साटो जे पायो उही भनेर टारेका थिए यिनले । नेपाली साहित्य मनपराउनु अनि संस्कृत शब्दहरुका अर्थ जान्नुलाई पाखेपनको नाम दिने हाम्रो पुस्ताबाट अरु आशपनि के नै गर्न सकिन्छ र!

मैले हेर्दै गरेको त्यो कार्यक्रममा पनि कुरा रिमिक्स गीतकै बारेमा हुँदै रछ! " रिमिक्स सङ्गहरु कस्तो लाग्छ तपाईंलाई ?" "एकदम राम्रो लाग्छ, यसबाट हाम्रापुराना गीतहरु फेरि सुन्न पाइन्छ नि, नयाँ स्टाइलमा बिर्सिसकेको गीतहरुलाई रिमेम्बर गर्न सकिन्छ" प्रस्तोताको प्रश्नमा दर्शकले यस्तो उत्तर दिए ! बीचबीचमा बज्ने ताल न सुरको र्यापले पुराना आदरणिय गायक, गायिका र संगीतकारको अपमान गरिरहेको हुन्छ भन्ने तर्फ यी दर्शकको ध्यान नै गएनछ । कतिपय गायकले पुराना गायकका गीतहरु पुन: आफूले गाएका छन्, मूल गायकको पनि नाम उल्लेख गरेर सम्मान पनि गरेका छन् अनि गीतको सुर ताल, लय र सङ्गीतमा कुनै फेरबदल पनि ल्याउँदैनन् , त्यस्तो पो राम्रो हुन्छ , स्रष्टाको पनि सम्मान हुन्छ ।

उत्तर दिने दर्शकको रोजाइमा अर्को उत्ताउलो रिमिक्स गीत प्रस्तुत हुन थाल्यो, च्यानल बदल्न के आँटेकी थिएँ मेरो भाइ दौडंदै आयो, " वाओ! मेरो फेवरेट सङ्ग, च्यानल चेन्ज नगर है " उ टेलिभिजन सेट अगाडी पलेंटी कसेर बस्यो । मैले थपक्क रिमोट राखिदिंएँ र अर्को कोठातिर लागें समय कटाउने राम्रो माध्यमको खोजीमा !!

Last edited: 18-Apr-08 04:37 PM
Last edited: 18-Apr-08 04:38 PM
Last edited: 19-Apr-08 08:27 PM

 
Posted on 04-18-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कतिपय गायकले पुराना गायकका गीतहरु पुन: आफूले गाएका छन्, मूल गायकको पनि नाम उल्लेख गरेर सम्मान पनि गरेका छन् अनि गीतको सुर ताल, लय र सङ्गीता कुनै फेरबदल पनि ल्याउँदैनन् , त्यस्तो पो राम्रो हुन्छ , स्रष्टाको पनि सम्मान हुन्छ ।

हो हो कुरो ठीक हो। कसैको कपि गरेशी त कम्सेकम जस्को ओरीजिनल काम हो तेश्को कदर गरिदिनु पर्छ, यस्तो परिपाटि बशाल्नु राम्रो हो मेरो विचारमा, नत्र प्लगेरिजम लगयिदिनु पर्छ कि कसो।

 
Posted on 04-18-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय सापेछिक प्रसँग चेली ज्यु। साचै नै अहिले जोस्ले पायो तेस्ले remix निकाल्ने अनी लाजै मर्दो र्याप मिसाएर तातो न छारो को भिडियो बनाउने लहर ले नेपाली संगीत लाई नै डुबाउन बेर छैन।

 
Posted on 04-21-08 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to Harka dai and Kanchho bhai ji.
हर्कदाइले ठीक भन्नु भो, ओरिजिनलको कदर नगरी कपी गरेपछि त प्लगेरिजम भनेर नै कारवाही गर्नुपर्नेहो! हेरौं नयाँ नेपालमा यी कानुन नि बन्छन् कि !!
मलाई पनि यी रिमिक्स गीतले सगरमाथा झैं विशाल महत्व भएको नेपाली गीत संगीतलाई नै डुबाउन खोज्दैछन् भन्ने नै डर लागेको हो कान्छो भाइजी ! लौ न केही गरौं, हाम्रा संस्कृति र सम्पदालाई जोगाउने पक्षमा!

 
Posted on 04-21-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनी, तिम्रो कुरा मा म पनि सहमत छु। यो रिमिक्स को चलन ले त वास्तविक गीत अनी गायक लाई नै बिर्साइ दिन थाली सक्यो अब त। ओरिजनल गीत सुन्न खोज्दा रिमिक्स गीत मात्र भेटिन्छ आजकाल। 
 
Posted on 04-22-08 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे दाजु, त्यही त भन्या !! नयाँ संविधान बन्ने बेलामा एउटा email address दिएर, के कस्ता नियम कानुन चाहिन्छ भनेर जनताको मत नि बुझ्न खोजे त, हाम्ले नि यस्ता दुइचार कुरा पठाइदिनहुन्थ्यो नि! गीत संगीत र अरु क्षेत्रमा पनि copyright को नियम भए, र सारा नियमहरु राम्ररी पालना हुनैपर्ने नियम भए, यस किसीमका बेथितीहरु आउने थिएनन् कि ??
 
Posted on 04-22-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

object width="425" height="355">
 
Posted on 04-22-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo gunda le post garya remix chai malai sarai mann parcha. I fully support this kind of remix. Otherwise JPT remix should be banned.

Go Kumar Basnet!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters