[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Tyo Din

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डको पैसा चलाएर अरबपति खरबपति हुने ब्यापारीहरु
[VIEWED 6894 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-15 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भदौ २३ । सानो किराना पसल अथवा भनौं नाङ्ले पसल थापेका न्यूनतम बहादुर गुरुङ उर्फ मीनबहादुर गुरुङ आज खर्बपति बनेका छन् । काम गरेर अथवा पसिना बगाएर खर्बपति बनेका होइनन् यी । प्रचण्डको संगत गरेर उनीहरुकै पैसा चलाएर यिनले भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर ७ ठाउँमा खोलिसकेका छन् । यिनलाई हेण्डिल गर्न प्रचण्डले अजय पराजुली सुमार्गीलाई खटाएका छन् । सुमार्गी पनि हेटौंडामा सिमेन्ट कारखानाको रित्ता बोरा बेच्थे अहिले प्रचण्डकै पैसा चलाएर करोड करोड चन्दा दिने हैसियतमा पुगेका छन् । भाटभटेनी सुपुर मार्केटमा एक लाख प्रकारका वस्तु बिक्री हुने गरेको छ ।

६ सय राष्ट्रिय अन्तर्राष्ट्रिय सप्लायर्सहरु संलग्न छन् । र, हजारौं कामदारहरुले रोजगारी पनि पाएका छन् । राम्रो । गुरुङको नराम्रो पक्ष भनेको देशघातक काम बढी गर्छन् । महिना दिन अघिमात्र चावहिल भाटभटेनीबाट कुहिएको चामल भूकम्पपीडितलाई बिक्री गरेर यिनी कति तल्लो दर्जामा झरेर जनताको विवसताको फाइदा उठाउँछन् भन्ने तमासा देखिएको थियो । भूकम्पपीडितले जुत्ताको माला लगाउन अघि सर्दा यिनले माफी माग्नु र क्षतिपूर्ति दिनुपरेको थियो । अदृश्य शोषणका यिनका तरिका कति छन् कति ? सस्तो मूल्य देखाउने, कन्सेसन कार्ड बितरण गर्ने र खरिद गरिसकेपछि महगो मूल्य अशूल गर्नु यिनको दैनिकी नै हो । अहिले भाटभटेनीले सुन, हिरामोतीका व्यापार पनि थालेको छ । तर, यी सबै चोरी बजारका हुन् र तस्करी गरेर भारत पठाउने गिरोह यिनले सञ्चालन गरेका छन् ।

भारतका व्यापारीले सिधै यिनलाई टेलिफोन अर्डर दिन्छन् र यिनले एयरपोर्ट र चीनबाट तस्करी गरेर भित्र्याइएका सुन स्थानीय सुन व्यापारी र भारतसम्म सप्लाई गर्ने गरेका छन् । स्रोत भन्छ– भित्री रुपमा यिनले दुर्लभ बन्यजन्तुका अङ्ग र प्रतिवन्धित वनौषधिसम्म चीन र भारततिर निकासी गर्ने गरेका छन् । गतवर्ष माओवादी कार्यकर्ताले एम्बुलेन्समा चीनतिर तस्करी गर्न लागेको रक्तचन्दनमा यिनको पनि संलग्नता रहेको पोल खुलेको थियो । भाटभटेनी सुपर मार्केट देखाउनका लागि चहकमहकपूर्ण बजार हो तर यो बजारभित्र हुने अनियमित क्रियाकलापको अहिलेसम्म कुनै अनुसन्धान हुनसकेको छैन । यति ठूलो सुपर मार्केटले केही लाखमात्र राजस्व बुझाउनाले पनि यिनी नक्कली भ्याट बिल प्रयोग गर्छन् भन्ने जानकारी आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई सप्रमाण एक कर्मचारीले नै जानकारी गराउँदासमेत भाटभटेनीका संस्थापकमाथि कुनै कारवाही हुनसकेन ।

पछि रहस्य बुझियो– प्रचण्डको लगानी रहेकाले भाटभटेनीमाथि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले कारवाहीको फाइल टेबुलको घर्रामा हालिदिएका रहेछन् । स्मणीय छ, दरवारिया भनेर आक्षेप लागेका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखका रुपमा प्रचण्डले नै प्रस्ताव गरेका हुन् र बाध्य भएर उनलाई नियुक्ति गरिएको थियो । यसकारण प्रचण्डको लगानी रहेका अथवा प्रचण्ड निकट कसैमाथि अख्तियारले कारवाही गर्ने गरेको छैन । कोही फसिहाले पनि मुद्दा कमजोर बनाएर पेश गर्ने र विशेष अदालतबाट छुट्कारा पाउने गरेका घटना खातका खात भइसकेका छन् । (राजतिलक साप्ताहिकबाट) 


 
Posted on 09-09-15 1:36 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कुरा सुन्दा पनि झाठ झर्केर आउछ : काको प्रचण्डको पैसा ? नेपालीको पैसा भन |

त्यो मु  जी लोकमानको घरमा प्रचण्डको दैनिक चाकडीमा जान्छ अनि प्रचण्डकै पजनीमा पाएको पद हो | कसले नबुझेको हो यो च खेल ?

राजनीतिको खेल मा देश डुबाए ,  अनि आफु बने नया महा सामन्त | 
मेरा ससुराले हसाए
गाउले अझै केहि पाइञ्छ कि भनि आस गरेर बसेका छन् | | पोखरामा नया चेहारा घर हेर्दै हिडेको देखेर के हो बाबु हो घर किन्ने बिचार हो कि क्या हो ? हैन माओबादीमा लागिएको सत्तामा पुगे पछि यी घर हरु तिमीहरुको हुनेछ भनेकाले कुन चै लिनु ठिक होला भनि हेरेका ?
अहिलेका पादरीको धर्म मा लाग्ने हरु पनि यस्तै यस्तै लोभ प्रलोभन पारिएका छन् |


Last edited: 09-Sep-15 03:24 PM

 
Posted on 09-09-15 1:58 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला देश बिगार्ने भ्रस्ताचारी दुराचारी अत्याचारी नै प्रचण्ड र बाबुराम हुन् | यिनै दुइले देश भाड्ने बिउ रोपेका हुन् |
 
Nepalimannaparaunemanche
Posted on 09-09-15 7:49 PM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why wouldn't those pigs shoot prachanda and Baburam other than ghaite n my chari bro
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters